‘नझरेका फूल’को २० औं श्रृङ्खला

विराटचोक । नझरेका फूलहरुको २० औँ श्रृङ्खला बुधबार मोरङको विरटचौकमा सम्पन्न भएको छ । वरिष्ठ गायक दीप श्रेष्ठको जन्मोत्सव तथा विशेष सम्मानमा कार्यक्रम सम्पन्न भएको हो ।

सुन्दरहरैंचास्थित विराटचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरको सभाहलमा आयोजित कार्यक्रममा गायक श्रेष्ठको ७१ औँ जन्मदिनको उपलक्ष्यमा नझरेका फूलहरुद्वारा उनलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप ढकालले श्रेष्ठले गाएका गीतले धेरै कालखण्ड पार गरेपनि अहिले पनि उत्ति नै सान्दर्भिक रहेको बताउनुभयो । नगर उपप्रमुख धनमाया तामाङ्ले नगरले यस्ता कार्यक्रममा विशेष सहयोग गर्ने बताउनुभयो ।

शुभकामना दिँदै साहित्यकार जेबी थुलुङले श्रेष्ठजस्ता गायकले गाएकात्यसबेला रेडियोमा सुनेका गीत आज गायकसँगै बसेर सुन्न पाउनुु सुुखद् क्षण भएको बताउनुभयो । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर १० का अध्यक्ष राजेन्द्रबहादुर थापाले २० औँ श्रृङ्खला सर्वोत्कृष्त भएको बताउँदै गायक श्रेष्ठको जन्मदिनसँगै बसेर मनाउन पाउनुु यस क्षेत्रका कला र साहित्यप्रेमीहरुका लागि खुशीको क्षण भएको बताउनुभयो ।

कार्यक्रमलाई स्वागत गर्दै कार्यक्रम संयोजक कवि छवी वैरागी घिमिरेले लामो समयदेखि गर्दै आएको कार्यक्रममध्ये यो विशेष भएको बताउनुभयो । कार्यक्रमको मुख्य उद्देश्य भनेको जिउँदोमा कला साहित्य गीत सङ्गीतका क्षेत्रमा सम्मान गर्ने उद्देश्य भएको उहाँको भनाइ छ ।

गायक श्रेष्ठले आफ्ना गीत सुनाउँदै २०२५ सालमा पुस १ गते राजा महेन्द्रको अगाडि गीत गाएर आफूलाई गायकको रुपमा परिचित गराएको ‘म पथ्थरको देवता होइन…’ बोलको गीत दर्शकलाई सुनाएका थिए । धरानमा जन्मिएका गायक श्रेष्ठका सयौँ गीतहरु नेपालीको मनमस्तिष्कमा सजिएका छन् ।

शुक्रबार, ०३ पुष, २०७७, बिहानको ११:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर