अन्तशुल्क र भ्याट लक्ष्यभन्दा बढि संकलन

विराटनगर । चालु आर्थिक वर्षमा विराटनगरको व्यारमा भएको सुधारको कारण आन्तरिक राजश्व कार्यालय विराटनगरको आयकर र मूल्य अभिवृद्धि कर (भ्याट) संकलनको लक्ष्य हासिल भएको छ ।

भारतसितको नाका सिल गरेपछि कोभिड–कहरका बेलामा पनि विराटनगरको व्यापारमा आएको सुधारले मूल्य अभिवृद्धिकरको असुली बृद्धि भएको हो ।

आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा मूल्य अभिवृद्धि कर र आयकरको लक्ष्य हासिल गरेको जनाएको छ । आयात कम भएर भन्सारको राजस्व असुली लक्ष्यभन्दा कम रहेको बेला आन्तरिक राजश्वको लक्ष्य भने पुरा भएको हो ।

होटल, रेस्टुरेन्ट र पर्यटन उद्योग अझै प्रभावित भएको कारण मदिराको खपत बृद्धि नहुँदा अन्तःशुल्कको भने लक्ष्य पुरा नभएको पाइएको छ । जोगबनी बजार जाने औपचारिक नाका बन्द भएपछि उपभोक्ताहरू स्वदेशकै बजारमा उपभोग्य सामग्री खरिद गरेकोले मूअकर र आयकरको असुलीमा सुधार भएको हो ।

कार्यालय प्रमुख विमल सापकोटाका अनुसार चालु आवको प्रथम चौमासिकमा ५७ करोड १५ लाख आयकर असुली गर्ने कार्यालयका लक्ष्य रहेकोमा ६६ करोड ९० लाख असुली भएको छ । जुन लक्ष्यभन्दा १ सय १७ प्रतिशत प्रगति हो । कार्यालयले चालु आबमा २ अर्ब ६९ करोड ५३ आयकर संकलन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै सोही अवधिमा मूअकरतर्फ ५१ करोड ३९ लाखको लक्ष्य रहेकोमा १ सय ४८ प्रतिशत अर्थात ७६ करोड ४ लाख असुली भएको छध । कार्यालयलाई चालु आवमा मूअकरतर्फ १ अर्ब ६१ करोड ९६ लाखको लक्ष्य छ ।

अन्तःशुल्क शीर्षकमा भने कात्तिक मसान्तसम्ममा १ अर्ब ३० करोड ९२ लाख असुल गर्ने लक्ष्य रहेकोमा ७१ करोड ४२ लाख मात्र संकलन भएको छ । अन्तशुल्कतर्फ भने ४५ प्रतिशत कम असुली भएको छ । यसमा कार्यालयको वार्षिक लक्ष्य ४ अर्ब ५१ करोड ३७ करोड छ ।

बिहिबार, ११ मंसिर, २०७७, साँझको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर