दमक । झापाको दमककी सञ्चारकर्मी सेलिया श्रेष्ठ ग्लोबल टिन हिरो कम्पिटिसनको उत्कृष्ट २० जना प्रतिष्पर्धीमा छानिएकी छन् ।
ग्लोकल प्रा.लि. नामक गैरसरकारी संस्थाले बिगत ५ वर्षदेखि देशभरका १५ देखि २० वर्षभित्रका किशोर किशोरीहरुबीच उनीहरुले समाजमा गरेका कामहरुको मुल्यांकनका आधारमा उत्कृष्ट टिन हिरो छनौट गर्दै आएको छ ।
प्रतिष्पर्धामा यो वर्ष देशभरबाट छनौट भएका ६०४ प्रतिष्पर्धीमध्ये दमकस्थित सप्तरङ्गी एफ.एम.की बाल मञ्जरी कार्यक्रम प्रस्तोता श्रेष्ठ उत्कृष्ट २० जनामा छानिएकी हुन् । रेडियो कार्यक्रम सञ्चालन गर्नुका साथै उनी सामाजिक अभियान र बाल अधिकारको क्षेत्रमा क्रियाशिल छन् ।
श्रेष्ठसँगै दमककै बाल अधिकार अभियन्ता नम्रता दाहाल पनि उत्कृष्ट २० मा परेकी छन् । संस्थाको नियम अनुसार छनौट भएका २० जना मध्येबाट फेरि उत्कृष्ट ६ जनालाई छनौट गरि त्यसबाट उत्कृष्ट छनौट गरिन्छ ।