गायक मिलन परियारको “एउटै सपना” मा भुवन

विराटनगर । नेपाल आईडलबाट उदाएका सुनसरी गछियाका गायक मिलन परियारको पहिलो गीत सार्वजनिक गरिएको छ ।

ए.एच.पी ईन्टरटेन्मेन्टले निर्माण गरेको सो नेपाली म्युजिक भिडियो ए.एच.पी ईन्टरटेन्मेन्टकै युट्युब च्यानलबाट सोमबार सार्वजनिक गरिएको हो ।

गीतकार हरि घिसिङको शब्द रचनामा रहेको “एउटै सपना” बोलको गीतमा नेपाल टेलिभिजन ईटहरीका कार्यक्रम प्रस्तोता तथा कलाकार भुवन दाहालको मुख्य भुमिका रहेको छ । “एउटै सपना” दाहालले अभिनय गर्नुभएको पहिलो गीत हो ।

ईलाम र पुर्वका विभिन्न स्थानमा छायाङ्कन गरिएको सो म्युजिक भिडियो मार्फत संघर्षशील जीवनको निरन्तरतालाई झल्काउन खोजिएको छ । जीवनको उकालो ओरालोमा हार मान्नु नहुने बिषयलाई सो म्युजिक भिडियोले विश्लेषण गरेको छ ।

उक्त म्युजिक भिडियो थुप्रै दर्शक एवं श्रोताहरुले निकै मन पराउने पक्षमा स्वयंम विश्वस्त रहेको ए.एच.पी ईन्टरटेन्मेन्टले जनाएको छ ।

सोमबार, ०३ कार्तिक, २०७७, दिउँसोको ०३:०३ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर