दुई साहित्यकार सम्मानित

विराटनगर । विराट साहित्य संगमले १७६ औं श्रृंखला कवि गोष्ठि श्रष्टा सम्मान तथा पुस्तक लोकार्पणका साथ सम्पन्न गरेको छ ।

साहित्यकार भगवती पाण्डेलाई यमुनादेवी बैजनाथ भट्टराई स्मृति पुरस्कार, कवि खखेरा (खेमराज खनाल)इनरुवालाई विराट साहित्य संगम सम्मान प्रदान गरिएको थियोे ।

नवलपरासीकी साहित्यकार भगवती पाण्डेलाई नगद ११ हजार ६ सय ६६ रुपैयाँसहित सम्मान गरियोे । संगमले हरेक वर्ष साहित्यकारलाई सम्मान गर्दै आएको छ । यसैलाई निरन्तरता दिदै यस वर्ष यमुनादेवी–वैजनाथ भट्टराई स्मृति विराट साहित्य संगम पुरस्कारबाट पाण्डेलाई सम्मान गरिएको हो ।

त्यस्तै संगम मासिक पत्रिकामा नियमित रचनाहरु प्रकाशन गरि सहयोग गर्ने सुनसरी इनरुवाका साहित्यकार खेमराज खनाल (खखेरा)लाई नगद २ हजार ५ सय रुपैयाँसहित सम्मान गरिएको थियो । दुवैजना स्रष्टालाई प्राध्यापक हरिहर भण्डारी, आयोजक संस्थाका अध्यक्ष ऋतु आसिक, कविता चापागाईंलगायतले सम्मान गरेका थिए ।

सोही समारोहमा साहित्यकार भवानीप्रसाद पोखरेलले चौथो कृति सपना कथासंग्रहको विमोचन गरिएको थियो । संग्रहमा २१ वटा कथाहरू समेटिएका छन् । विमोचित कृतिका विषयमा हरि कट्टेल र ममता श्रेष्ठले समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार मधु पोखरेल, रामबाबु दाहाल, राष्ट्रसेवक सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको संगमका सचिव गोपाल निर्भिकले जानकारी दिनुभयो ।

आइतबार, २५ असोज, २०७७, साँझको ०७:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर