बेलबारीमा ड्रोनमार्फत सर्वे तथा नक्सांकन

बेलबारी । मोरङको बेलबारी नगपालिकाले मानवरहित हवाईयन्त्र (ड्रोन)मार्फत भौगोलिक नक्सांकन तथा सर्वे डिजिटल प्रणालीबाट गर्न थालेको छ । नगरपालिकामा आइतबारदेखि नक्साकंन सुरु गरिएको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनुभयो ।

नगरप्रमुख सुबेदीले यस प्रकारको नक्साले नगरपालिकाको सहरी विकास योजना, विपद् जोखिम व्यवस्थापन, घर नम्बर तथा स्ट्रिट ठेगाना निर्धारण, गुरुयोजना निर्माण, सडक स्तरीकरण, भौतिक पूर्वाधारको स्तरोन्नति, सडकको अवस्था, अतिक्रमित सरकारी जग्गाको तथ्यांक संकलन गर्न बलियो आधार निर्माण हुने बताउनुभयो । नक्सांकन गर्न विभिन्न जीआइएस विज्ञ, ड्रोन पाइलट तथा सरकारी अधिकारीहरुलाई एकतावद्ध गरेर निश्चित उपलब्धि हासिल गर्ने लक्ष्य राखेको छ ।

यसको मुख्य लक्ष्य उच्च स्केलको नक्सा प्राप्ति गर्र्ने र उच्च रिजोलुसनको फोटोको आधारमा विस्तृत सहरी विकास योजना तथा विपद व्यवस्थापनमा सहयोग पु¥याउने नगरपालिकाले जनाएको छ । बाढिपहिरो डुवान हुने क्षेत्रको अवस्थासमेत ड्रोनमार्फत खिचिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदिप शाहले बताउनुभयो ।

नगरपालिकाका ३० स्थानबाट सेटलाईटसँग जिपिएस कोडिनेटमार्फत कन्ट्रोल पोइन्ट स्थापना गरी सर्वेक्षण गर्न लागिएको हो । नगरपालिकाले बेलायतबाट सिभिल इन्जिनियरिङ सकेर ट्रान्स्पोटमा मास्टर गरेका विवेक सिंहलाई यो कामाको जिम्मा दिएको छ ।

डिजी निर्माण इन्जिनियरिङ प्रा.लि. विराटनगरका संचालकसमेत रहेका सिंहले डिजिलाइजेसनले नगरको सचित्र प्रोफाइल बन्नसक्ने बताउनुभयो । सर्वेक्षण सकिएपछि मोवाइल एपमार्फत हेर्न मिल्नेछ ।

नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्सांकनको कार्य सुभारम्भ भएको र यसबाट प्राप्त हुने सम्पूर्ण फोटो एवं भिडियो डाटाको गोपनीयता नगरपालिकाको नियन्त्रणमा हुने नगरपालिकाको कार्यालयले जनाएको छ । नगरपालिका क्षेत्रभित्रको पर्यटकीय स्थल, सडक, लगायत विकास निर्माणका कामाको डिपिआर, डिजाईन गर्नसमेत कार्यालयमै बसेर सकिनेगरी नक्सांकन हुने बताइएको छ ।

प्रदेश १ मै बेलबारीले (ड्रोन)मार्फत भौगोलिक नक्सांकन तथा सर्वे डिजिटल प्रणालीबाट गर्न थालेको हो ।

आइतबार, २५ असोज, २०७७, साँझको ०७:४५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर