गुरुकुलमा नाटक निर्देशन कार्यशाला

विराटनगर । आरोहण गुरुकुल विराटनगरमा नाटक निर्देशन कार्यशाला सुरु भएको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सुशीला कोइराला नाटकघरमा ७ दिने नाटक निर्देशन कार्यशाला मंगलबारदेखि सुरु भएको हो ।

प्रदेश १ मा रंगमञ्चमा आवद्ध व्यक्तिहरुमा नाटक निर्देशकीय क्षमता विकास गर्ने उद्देश्यले कार्यशाला सुरु गरिएको आयोजकले जनाएको छ । कार्यशालाको सहजिकरण वरिष्ठ रंगकर्मी सुनील पोखरेलले गर्नुभएको छ ।

कार्यशालामा मोरङ, सुनसरी, झापा र इलामका २० जना रंगकर्मीहरुले सहभागिता जनाएका छन् । कार्यशालामा सहभागीहरुले नाटक निर्देशनका आधारभूत तत्वहरुका विषयमा जान्ने मौका पाएको भन्दै आफ्नो समूहमा फर्किएर नाटक निर्देशन गर्ने योजना सुनाएका छन् । स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पुरा गर्दै सुरु भएको आवासीय कार्यशाला असोज २६ गते सम्पन्न हुनेछ ।

बिहिबार, २२ असोज, २०७७, साँझको ०६:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर