लक्षण नभएका संक्रमितको पुनः परीक्षण नहुने

धरान । सुनसरीको धरानस्थित वीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसेका संक्रमित व्यक्तिहरुलाई २ सातामा पनि लक्षण नदेखिए पिसिआर परिक्षण नगरी घर पठाइने भएको छ ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहले सोमबार एक सूचना जारी गर्दै आइसोलेसनमा बसेको २ हप्तामा लक्षण नदेखिएका संक्रमितको पुनः पीसीआर नगर्ने जानकारी दिनुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार १४ दिन आइसोलेसन बसेपछि लक्षण नभएमा विरामी तथा प्रतिष्ठानका शिक्षक तथा कर्मचारी कसैको पनि पीसीआर परिक्षण नगर्ने निर्णय भएको डा.साहले बताउनुभयो । यस्तै, प्रतिष्ठानको वार्ड तथा अन्य कार्यालय, स्थानमा पोजेटिभ व्यक्तिसँग शिक्षक, कर्मचारीहरुको कन्ट्याक भएमा तुरुन्त परिक्षण नगर्ने र ७ दिन क्वारेन्टिनमा बसाएर लक्षण देखिएमा मात्र परीक्षण गर्ने निर्णय पनि प्रतिष्ठानले गरेको छ ।

सोमबार, १९ असोज, २०७७, साँझको ०७:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर