इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा पछिल्लो समय कोरोना सङ्क्रमण तीव्र गतिमा बढेर कर्मचारीमा पनि कोरोना सङ्क्रमण हुन थालेपछि असोज २१ गतेसम्म उपमहानगर र सबै वडा कार्यालयहरू बन्द हुने भएका छन् ।
इटहरी उपमहानगरपालिकाले एक सूचना जारी गरी इटहरी उपमहानगरपालिका र सबै वडा कार्यालयहरूबाट अत्यावश्यकबाहेक अन्य सेवा बन्द रहने जनाएको छ ।
इटहरी उपमहानगरपालिका र वडा कार्यालयहरूका कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण भएकोले कनट्याक ट्रेसिङ गरी रिपोर्ट नआउन्जेलसम्मलाई आउँदो २१ गतेसम्म अत्यावश्यक सेवा बाहेक सबै सेवा बन्द रहने बताइएको छ । इटहरी उपमहानगरपालिकामा अहिले सम्म कोरोना सङ्क्रमितको संख्या ५६६ पुगेको छ ।