मिति रूपान्तरण प्रिटी - यूनिकोड रूपान्तरण
अनुसरण गर्नुहोस्
Hamromat
बिहिबार, कार्तिक २७, २०८२
🌫️ 13°C Mist
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • खेलकुद
  • कला/मनोरन्जन
  • प्रदेश
    • कोशी
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्तम्भ
    • हाम्रो सरकार
    • हाम्रो शिक्षा
    • हाम्रो कृषि / पर्यटन
    • हाम्रो स्वास्थ्य
#corona Muslim विराटनगर कांग्रेस धानको न्यूनतम समर्थन मूल्य प्रतिकिलो ३० रुपैयाँ हरियो मतपत्र ५ नक्कली परीक्षार्थी पक्राउ Shreemanta Bhattarai
Hamromat
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • राजनीति
  • विचार/अन्तरवार्ता
  • खेलकुद
  • कला/मनोरन्जन
  • प्रदेश
    • कोशी
    • मधेश प्रदेश
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
  • स्तम्भ
    • हाम्रो सरकार
    • हाम्रो शिक्षा
    • हाम्रो कृषि / पर्यटन
    • हाम्रो स्वास्थ्य
पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

पर्यटनमन्त्री भट्टराईद्वारा सुदूरपश्चिमका तीन विमानस्थल उद्घाटन

हाम्रोमत
हाम्रोमत अशोज १७, २०७७

काठमाण्डौ । संस्कृत, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले आज सुदूरपश्चिम प्रदेशका तीन जिल्लामा रहेका विमानस्थलको उद्घाटन गर्नुभएको छ । कालोपत्रसहित अन्य भौतिक संरचना निर्माण सम्पन्न भएका यहाँका बैतडीको पाटन, बझाङको चैनपुर तथा डोटीको दिपायल विमानस्थलको मन्त्री भट्टराईले एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो ।

दिपायल विमानस्थलको उद्घाटनका क्रममा मन्त्री भट्टराईले सुदूरपश्चिमका पर्यटकीयस्थल खप्तड, मानसरोवरलगायतका क्षेत्रमा पर्यटक भित्र्याउनका लागि भए पनि यहाँका तीन जिल्लामा रहेका विमानस्थलमा नियमितरूपमा जहाज सञ्चालन गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँका पर्यटकीय क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउनका लागि भए पनि हामी नियमितरूपमा जहाज चलाउने छौँ, स्थानीय नागरिकको पनि सहयोग आवश्यक पर्ने छ ।” मन्त्री भट्टराईले यहाँका पहाडी जिल्लामा नियमितरूपमा विमानस्थल सञ्चालनका लागि समिट एयरसहितका केही निजी विमान कम्पनीसँग सम्झौताको तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

यहाँका विमानस्थलको टर्मिनल भवन तथा एटिसी भवन नयाँ निर्माणका लागि पनि आवश्यक पहल भइरहेको उहाँले बताउनुभयो । यात्रु अभावको कारण देखाई लामो समयदेखि बन्द अवस्थामा रहेका यहाँका विमानस्थलको थप स्तरोन्नतिसमेत गरिने मन्त्री भट्टराईले प्रतिबद्धता जनाउनुभयो ।

त्यसैगरी ४९० मिटर लम्बाइको रनवे रहेको डोटीको दिपायल विमानस्थलको रनवेलाई एक हजार मिटर बनाउनका लागि अध्ययन गर्न मन्त्रालयले नागरिक उड्डयन प्राधिकरण विभागबाट तत्कालै प्राविधिक टोली पठाइने मन्त्री भट्टराईले बताउनुभयो । उहाँले थप भन्नुभयो, “दिपायल विमानस्थल कूल एक हजार मिटर रनवेसहितको निर्माण गरिने छ, यसका लागि हामी छिट्टै प्राविधिक टोली पठाउँछौँ, केही प्राविधिकहरु आइसक्नुभएको छ ।” सोही कार्यक्रममा डोटीबाट निर्वाचित सङ्घीय सांसद प्रेमबहादुर आलेमगरले दिपायल विमानस्थलको स्तरोन्नतिपछि यहाँका नागरिकको सहजता तथा पर्यटक भित्र्याएर आयस्तर वृद्धि गर्नका लागि भए पनि नियमितरूपमा जहाज सञ्चालन हुनुपर्ने बताउनुभयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक राजन पोखरेलले दिपायललगायतका यहाँका अन्य विमानस्थलमा नियमित जहाज सञ्चालनका लागि पहल भएको र अर्को हप्तादेखि यहाँ जहाज चल्न शुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो, “दिपायल, पाटन, चैनपुरमा नियमित विमान सञ्चालनका लागि सबै प्रक्रिया पूरा भएको छ, अर्को हप्तादेखि जहाज नियमित हुनेछ ।”

कालोपत्रको काम सकेर जहाजको पर्खाइमा रहेका यहाँका विमानस्थलमा नियमित जहाज सञ्चालन हुनसके यहाँको विकास हुनुका साथै पर्यटकको चहलपहल पनि बढ्नेमा यहाँका स्थानीयवासी निकै आशावादी भएको दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “राजधानी खोसिएर कैलाली सरेपछि यहाँका नागरिकमा निराशा छाएको छ, व्यापार–व्यवसायमा पनि मन्दी छाएको छ, अब जहाज चलाउन सके यहाँको विकास अवश्य हुनेछ ।” उक्त विमानस्थल उद्घाटन कार्यक्रममा सुदूरपश्चिमका पर्यटनमन्त्री माया भट्टलगायतको सहभागिता थियो ।रासस

हाम्रोमत
Written by

हाम्रोमत

View Articles

प्रतिक्रिया दिनुहोस्

रद्द गर्नुहोस्

सम्बन्धित खवर

अंशु हत्या प्रकरण : अनुसन्धानको २० दिन बित्दा पनि सुरागविहीन प्रहरी

अंशु हत्या प्रकरण : अनुसन्धानको २० दिन बित्दा पनि सुरागविहीन...

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, बुधबारेकी १३ वर्षीया अंशु गौतम घरबाट खेल्न जान्छु भनेर निस्किएपछि...

कार्तिक २७, २०८२ पढ्नुहोस्
किस्ताबन्दीमा विद्युत् महसुल बझाएपछि लाइन काटिएका उद्योगमा विद्युत् सुचारु

किस्ताबन्दीमा विद्युत् महसुल बझाएपछि लाइन काटिएका उद्योगमा विद्युत् सुचारु

काठमाडौँ । किस्ताबन्दीमा विद्युत् महसुल बझाएपछि देशभर लाइन काटिएका उद्योगमा विद्युत् आपूर्ति सुचारु गरिएको छ...

कार्तिक २७, २०८२ पढ्नुहोस्
नेत्र खतिवडाको ‘ढुंङ्गो फुलेपछि’ मुक्तक संग्रहको लोकार्पण

नेत्र खतिवडाको ‘ढुंङ्गो फुलेपछि’ मुक्तक संग्रहको लोकार्पण

विराटनगर । मुक्तककार नेत्र खतिवडाको मुक्तकसङ्ग्रह ‘ढुङ्गो फुलेपछि’ लोकार्पण भएको छ। नेपाल मुक्तक प्रतिष्ठान कोशी...

कार्तिक २७, २०८२ पढ्नुहोस्
कोशीमा को–को माओवादी गए जनार्दन शर्मासँग ?
कोशीमा को–को माओवादी गए जनार्दन शर्मासँग ?
कार्तिक २४, २०८२
पार्टी एकताको पक्षमा उभिए माओवादीका प्रदेश अध्यक्ष नेम्बाङ
पार्टी एकताको पक्षमा उभिए माओवादीका प्रदेश अध्यक्ष नेम्बाङ
कार्तिक १५, २०८२
शिक्षादीप कलेजमा विश्व विज्ञान दिवसमा निबन्ध प्रतियोगिता
शिक्षादीप कलेजमा विश्व विज्ञान दिवसमा निबन्ध प्रतियोगिता
कार्तिक २४, २०८२
जिल्ला खेलकुद विकास समिति मोरङको विवाद सकियो, अध्यक्ष योञ्जनकै पक्षमा निर्णय
जिल्ला खेलकुद विकास समिति मोरङको विवाद सकियो, अध्यक्ष...
कार्तिक २१, २०८२
एकतामा आउन विप्लब तयार नभएपछि फेरि फुट्यो उनको पार्टी
एकतामा आउन विप्लब तयार नभएपछि फेरि फुट्यो उनको...
कार्तिक १६, २०८२
अंशु हत्या प्रकरण : अनुसन्धानको २० दिन बित्दा पनि सुरागविहीन प्रहरी
अंशु हत्या प्रकरण : अनुसन्धानको २० दिन बित्दा...
कार्तिक २७, २०८२
किस्ताबन्दीमा विद्युत् महसुल बझाएपछि लाइन काटिएका उद्योगमा विद्युत् सुचारु
किस्ताबन्दीमा विद्युत् महसुल बझाएपछि लाइन काटिएका उद्योगमा विद्युत्...
कार्तिक २७, २०८२
नेत्र खतिवडाको ‘ढुंङ्गो फुलेपछि’ मुक्तक संग्रहको लोकार्पण
नेत्र खतिवडाको ‘ढुंङ्गो फुलेपछि’ मुक्तक संग्रहको लोकार्पण
कार्तिक २७, २०८२
जसले ‘बौलायो’ भने, उसैलाई देखाइदिए बल्जित ५७ लाख कमाएर
जसले ‘बौलायो’ भने, उसैलाई देखाइदिए बल्जित ५७ लाख...
कार्तिक २७, २०८२
कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
कार्तिक २७, २०८२

.com

सूचना विभाग दर्ता नं. २८०९–२०७८/७९
प्रेस काउन्सिल नेपाल सुचीकरण :  ९५–२०७८/७९
. . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . .

सम्पर्क :
प्रसवि मिडिया प्रा.लि.
विराटनगर–९, काेशी प्रदेश, मोरङ
फोन नं. :
०२१–५१२७९०

कम्पनी दर्ता नं. २६६१६६/२०७८–७९
पान नं. ६१००३८५८३

सम्पादक : शशिधर पराजुली

प्रधान  सम्पादक/निर्देशक : विवेक गौतम

डेस्क सम्पादक : उत्तम उपाध्याय

व्यवस्थापक : प्रेम पुरी

अध्यक्ष :  प्रभात घिमिरे

ईमेल: prasabimedia@gmail.com,          hamromat@gmail.com

 

  • Privacy Policy
  • Contact us
Hamromat
© २०२५ Hamromat. All Rights Reserved.
Design and Developed by teknologia.studio