विराटनगर । आगामी मंसिर २७ गते हुने कर्मचारीको आधिकारिक ट्रेड युनियन निर्वाचनलाई केन्द्रित गर्दै ओखलढुंगा र सोलुखुम्बुमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको जिल्ला समिती पुनर्गठन भएको छ ।
संगठनका प्रदेश सहकोषाध्यक्ष राजिब रम्तेलको उपस्थितिमा शुक्रबार भएको ओखलढुंगा भेलाले सोमनाथ बास्तोलाको अध्यक्षतामा कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा जीवन घिमिरे, सन्तोष आचार्य सचिव, सविन बास्तोला सहसचिव र हस्वीन बास्तोला कोषाध्यक्ष चुनिएका छन । १३ सदस्यीय जिल्ला समितिको सल्लाहकार समिति भिम मिश्रको संयोजकत्वमा गठन भएको संगठनका प्रदेश सहसचिव रेवती ढुंगानाले जानकारी दिनुभयो । सल्लाहकार समितिमा ७ जना छन ।
उता सोलुखुम्बुमा पनि सङ्गठन पुनर्गठन भएको छ । जिल्लामा नवीन राई अध्यक्ष, योङविक्रम राई र मेनुका आचार्य उपाध्यक्ष, कालीबहादुर राउत सचिव, गम्भीर राई सहसचिव, बन्दना राई कोषाध्यक्ष र तिलक राई सहकोषाध्यक्ष रहेको १९ सदस्यीय जिल्ला समिति गठन गरिएको छ ।
सोलुखुम्बुमा खरिधन राई (केडी) संयोजक रहेको ११ सदस्यीय नेपाल राष्टिय कर्मचारी महासंघ पनि गठन गरिएको छ । कर्मचारीको हकहित र आगामी ट्रेड युनियन निर्वाचनमा प्रगतिशील पक्षधरलाई जिताउन केन्द्रित रहने संगठनका प्रदेश १ अध्यक्ष रुद्रप्रसाद सुबेदीले जानकारी दिनुभयो ।
प्रदेसका सबै जिल्लामा निर्वाचन अभियान तिब्र पार्ने अध्यक्ष सुबेदीले जानकारी दिनुभएको छ ।