लोड हुँदैछ...

मेनु

शेखर गोल्छालाई एक करोड धरौटिमा छोड्ने आदेश

शेखर गोल्छालाई एक करोड धरौटिमा छोड्ने आदेश

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले उद्योगी शेखर गोल्छालाई बीमा र धितोपत्रसम्बन्धी कसुरमा धरौटीमा छाड्ने आदेश दिएको छ। जिल्ला अदालत, काठमाडौँले मंगलबार थुनछेक बहसपछि गोल्छालाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको इजलासले बीमासम्बन्धी कसुरमा गोल्छालाई ७५ लाख धरौटी माग्ने आदेश भएको छ । त्यस्तै, धितोपत्रको कसुरमा गोल्छालाई २५ लाख धरौटी माग्ने आदेश भएको छ ।

गोल्छा बैंक ग्यारेन्टी राखेर छुटेका छन्। यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा गत जेठ २८ मा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 6 seconds