निर्वाचन स्थगन गर्ने निर्णयको विरोध

विराटनगर । नेपाली काँग्रेस संसदीय दलले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र आबद्ध संस्था तथा निर्वाचन समितिसँग परामर्श बिना सरकारले आधिकारिक ट्रेड युनियनको घोषित निर्वाचन स्थगन गर्ने निर्णय गरको भन्दै विरोध जनाएको छ ।

पार्टीका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक विज्ञप्ति मार्फत लोकतान्त्रिक पद्धतिमा कुनै पनि चुनावको अपरिहार्यतालाई कसैले पनि सदाका लागि रोक्न नसक्ने उल्लेख गरेका छन् । उनले विज्ञप्तिमा कुनै पनि बहानामा निर्वाचन रोक्नुको सट्टा निर्वाचनको वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको प्रष्ट पारेका छन् ।

संसदीय दलले आधिकारिक ट्रेड युनियन र आबद्ध संस्थाका सबै पक्षसँग परामर्श र सहमतिको आधारमा निर्वाचनको सुनिश्चितता गर्न सरकारसँग माग गरेको छ ।

बुधबार, ०७ असोज, २०७७, साँझको ०७:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर