सुनसरी प्रहरीको हिरासतमा रहेका थुनुवामा कोरोना

इटहरी । जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा रहेका दुई जना थुनुवामा कोरोना संक्रमण रहेको पुष्टि भएको छ ।

तीन दिनअघि पक्राउ परेका ज्यान मार्ने उद्योग मुद्दाका आरोपीलाई कोरोना संक्रमण भएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरीको हिरासतमा १२ जना थुनुवा रहेकोमा अन्यको भने रिपोर्ट नेगटिभ आएको जिल्ला प्रहरी कार्यालयका कार्यालयका प्रवक्ता डिएसपी विनोद शर्माले जानकारी दिनुभयो । पोजेटिभ रिपोर्ट आएका दुई जनालाई छुट्टै राखेको र उनीहरूलाई अस्पताल लैजाने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ।

यसैबीच बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत कोरोना संक्रमित नर्सको परिवारका ४ जनालाई संक्रमण पुष्टि भएको छ। प्रतिष्ठानमा काम गर्ने धरान १६ की नर्सको परिवारमा ८ महिने बालकसहित ४ जनामा संक्रमण देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो ।

सोमबार, ०१ भदौ, २०७७, बिहानको ११:०३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर