बेलबारीमा घुम्ती विद्यालय सञ्चालन

बेलबारी । कोरोना भाइरसका कारण जारी लकडाउनका कारण बिद्यालयहरु खुल्न नसकिरहेका बेला मोरङको बेलबारीमा घुम्ती शिक्षा अभियान थालिएको छ ।

सामुदायिक विद्यालयहरुले बिद्यार्थीहरुलाई सानो संख्यामा टोल–टोलमा भेला गराएर पठनपाठन सञ्चालन थालेका हुन् ।

मठमन्दिर सामुदायिक भवन तथा निजि घरहरुमा बिद्यार्थीलाई भेला गराएर पठनपाठन गराइरहेको बेलबारी ८ को जनता माध्यमिक बिद्यालयका प्रधानाध्यापक जनक तिम्सिनाले जानकारी दिनुभयो । डेस्क बेन्चमा बसेर पढदै आएका बिद्यार्थीहरु सुकुल, गुन्द्री, चकटी, तथा म्याड ओछ्याएर पढिरहेका छन् ।

सामाजिक दुरी कायम गर्दै १० देखि १५ जनाको समुह बनाएर १८ वटा केन्द्र बनाई पठनपाठन गराइरहेको लक्ष्मी माध्यमिक बिद्यालय बेलबारी ११ का प्रध्यानाध्यापक गोविन्द भण्डारीले जानकारी दिनुभयो । बिद्यालयहरुले टोल–टोलमा गएर पढाउन थालेपछि अभिभावकसमेत खुसी भएका छन् ।

कतिपय निजी विद्यालयले अनलाइन कक्षा संचालन गरीरहेका बेला त्यसको प्रभाबकारिता सबै विद्यार्थीमा नहुने देखिएपछि बेलबारीका सामुदायिक बिद्यालयहरुले टोलटोलमा कक्षा सञ्चालन सुरु गरेका हुन् । टोलमै ह्वाईट वोर्ड राखेर बिद्यार्थीलाई पढाउने गरेको प्रअ भण्डारीले बताउनुभयो ।

लकडाउन भएको लामो समयसम्म बिद्यालयहरु खुल्ने अवस्था नदेखिएपछि नगरपालिकाले बिद्यार्थीहरुको अवस्थाको सर्वेक्षण गरेको थियो । सर्वेक्षणमा धेरै बिद्यार्थीहरुमा इन्टरनेट, टिभि रेडियोको जस्ता सामाग्रीको पहुँचमा नरहेको देखिएपछि घुम्ती सिकाई अभियान थालेको नगरपालिकाको शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालाले बताउनुभयो ।

बेलबारी ३१ वटा सामुदायिक बिद्यालयमा ८ हजार ६६ जना बिद्यार्थी अध्ययनरत छन् । सिकाई प्रभाबकारी बनाउन चोक–चोकमा इन्टरनेटको जडान गर्न समेत थालिएको नथरपालिकाले जनाएइको छ ।

घुम्ती विद्यालयमा पढ्न आउदा बिद्यार्थीहरुलाई सेनेटाइजर, मास्क भने अनिवार्य गराएको छ ।

शनिबार, २७ असार, २०७७, दिउँसोको १२:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर