धरानको बजेट १ अर्ब ७२ करोड

धरान । प्रदेशसभाका सभामुख प्रदिपकुमार भण्डारीको उपस्थितिमा बुधबार सुनसरीको धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०७७\७८ का लागि १ अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

धरान उपहानगरपालिकाको ७ औं नगरसभा नगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।

बजेट अनुसार आन्तरिक आयतर्फ ५३ कारेड ४२ लाख ४३ हजार ५ सय रुपैयाँ रहेको छ भने संघीय समानिकरण अनुदान ३० करोड ७६ लाख, प्रदेश समानिकरण अनुदान ९५ लाख ३५ हजार, संघीय राजस्व वाडफाँडबाट १६ करोड ४२ लाख २९ हजार ४ सय ४४, प्रदेश राजस्व बाँडफाँडबाट १७ करोड ३ लाख ८० हजार रहेको छ । त्यसैगरि संघीय ससर्त अनुदान ४४ करोड २० लाख, संघीय समपुरका अनुदान तर्फ ३ करोड ३३ लाख, संघीय विशेष अनुदानतर्फ १ करोड ५० लाख, जिल्ला समन्वय समितिबाट १ करोड तथा खानेपानी व्यवस्थापन बोर्डबाट १ करोड, सडक बोर्डतर्फ १ करोड २० लाख र जनसहभागितामार्फत १ करोड ५० लाख गरि जम्मा १ अर्ब ७२ करोड ३५ लाख ४३ हजार ५ सय बराबरको अनुमनित आय प्रस्तुत गरिएको छ ।

अनुमानित खर्चतर्फ उपमेयर भण्डारीले कार्यलयको प्रशासनिक खर्चतर्फ जम्मा ३१ करोड ८१ लाख ६८ हजार ५ सय, वडागत प्रशासनिक खर्चतर्फ २ करोड र कार्यक्रम तथा पुँजीगत खर्च २० करोड विनियोजन गरिएको छ । अघिल्लो वर्षहरुमा भएका योजनाहरुको क्रमागत भुक्तानीतर्फ २२ करोड ५५ लाख, नगर गौरव योजनातर्फ ४ करोड ५० लाख, विषयगत कार्यक्रम शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, सुचना, वन तथा वातावरण तथा विपद ब्यावस्थापन, आर्थिक बिकास, सामाजिक बिकास, कला, साहित्य संस्कृति मजदुर कल्याण कार्यक्रम, सुकुम्बासी ब्यवस्थापन ऋणको सावा ब्याज भुक्तानि लगायत पुँजीगत निर्माण सुधारतर्फ गरि ९१ करोड ४८ लाख ७५ हजार राखिएको छ ।

बुधबार, १० असार, २०७७, रातीको ११:४३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर