युके समाजको सहयोग र पत्रकार पराजुलीको समन्वयमा राहत वितरण

पोखरा । कोरोना प्रकोपका कारण आर्थिक समस्यामा परेका कास्कीको पोखरा महानगरपालिका २३ मा पर्ने दमदमे, सिधाने, कुट्मीडाँडा र मकानपुर क्षेत्रमा बसोबास गर्ने करिव १ सय जना विपन्न तथा असहाय परिवारलाई राहत सामाग्री वितरण गरिएको छ ।

पोखरा फेवातालको मुहानको रुपमा मानिने उक्त क्षेत्र पोखराको मुख्य बजारबाट २० देखि करिव ३० किलोमिटर दुरीमा पर्छ । कास्की, स्याङ्जा र पर्वतको सिमानामा पर्ने पचासे डाँडामा रहेका दलित समुदाय र विपन्न वर्गलाई राहत वितरण गरिएको हो ।

पोखराबाट टाढा पर्ने भएकोले त्यस क्षेत्रमा सहयोगी संस्थाको पहुँच पनि कम रहेकोले पन्चासे हर्पनडाडा समाज युकेको सहयोगमा त्यस क्षेत्रमा राहत वितरण गरिएको हो । दमदमे, सिधाने , कुट्मीडाँडा र मकानपुरलगायत क्षेत्रबाट युकेमा गएर विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुले स्थापना गरेको समाजमार्फत राहत वितरण गरिएको पत्रकार गंगाधर पराजुलीले जानकारी दिनुभयो ।

पोखराबाट ४ वटा गाडीमा खाधान्न लिएर गाउँमा वितरण गरेपछि स्थानीय सर्वसाधारण पनि निकै ख़ुशी भएका थिए । राहत वितरण कार्यक्रममा एनआरएन युकेका सल्लाहकार पञ्चासे हर्पन डाँडा समाज यूकेका महासचिव प्रकाश गुरुङले आफ्नो जन्मस्थानको सम्झना र आफन्तहरुको मायाका कारण कठिन परिस्थितिमा रहेर पनि युकेमा रहेकाहरुबाट सहयोग जुटेकोले राहात सामाग्री वितरण गरिएको जानकारी दिनुभयो ।

समाजले यसअघि पनि विभिन्न कामका लागि करिव ३० लाख बरावरको सहयोग गरेको जनाएको छ । यस्तै एम्बुलेन्स सेवा, भुकम्प पीडितका लागि, उपचारका लागि गरेको र भविष्यमा पनि गर्दै जाने समाजले जनाएको छ । श्रीमती संगिना गुरुङ र समाजका सदस्हरु धर्मावती गुरुङ र मनदेवी गुरुङसमेत राहत वितरणमा सहभागी भएका थिए ।

पोखरा महानगर २३ का वार्डसदस्यहरु दुर्गाबहादुर घले र भरत भण्डारीको रोहवरमा तीन स्थानमा छुट्टाछुट्टै कार्यक्रम गरेर राहत वितरण गरिएको थियो । त्यस अवसरमा बोल्दै नेपाल पत्रकार महासंघ एवं नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय उपाध्यक्ष गंगाधर पराजुलीले युकेमा बस्नेहरुले आफ्नो गाउँलाई सम्झेर सहयोग गरेकोमा खुसी प्रकट गर्दै समाजले अन्य क्षेत्रमा पनि रचनात्मक काम गर्दै आएको बताउनुभयो । आफ्नो जन्मगाऊँमा समाजसँग समनवय गरि राहत सामाग्री लिएर आउन पाएकोमा ख़ुशी लागेको उहाँले बताउनुभयो ।

त्यस क्षेत्रका ८० जनाभन्दा बढीलाई प्रतिपरिवार २५ केजी चामल, २ लिटर तेल, २ केजी दाल २ केजी चिउरा, नुन, चिनी, चियापत्ती, साबुनलगायतका सामाग्री राहत स्वरुप वितरण गरिएको छ ।

बुधबार, ०७ जेठ, २०७७, बिहानको ११:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर