लोड हुँदैछ...

मेनु

थप नौं जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

थप नौं जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३०४ पुग्यो

विराटनगर । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ४ पुगेको छ ।

सोमबार विहान थप ९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका ८ जना र बाराका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिनुभएको छ । संक्रमितको अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।

नेपालमा देखिएका संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् भने २ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।