भारतीय सेनाध्यक्षको अभिव्यक्ति खण्डन गर्न सरकारलाई निर्देशन

काठमाण्डौ । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले भारतीय सेनाध्यक्षले नेपालको कालापानीको विषयमा दिएको अभिव्यक्ति खण्डन गर्न सरकारलाई निर्देशन दिएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमिको विषयमा दिएको अभिव्यक्तिको कुटनीतिक तहबाट खण्डन गर्न सरकारलाई निर्देशन दिनुभएको हो ।

समितिको आइतबार बसेको बैठकले लिम्पियाधुरा, लिपुलेक, कुटी, नाबी, गुन्जी र कालापानी क्षेत्रका विषयमा भारतीय सेनाध्यक्षको गैरजिम्मेवार र उत्तेजनात्मक अभिव्यक्ति दिएको भन्दै कूटनीतिक तहबाटै खण्डन गर्नुपर्ने प्रस्तावमा सबै सदस्यहरु सहमत थिए ।

केही दिनअघि भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभानेले अरुकै इसारामा नेपालले लिपुकेलकको मुद्दा उचालिरहेको आरोप लगाउनुभएको थियो ।

सीमानाको विषयमा भारतले सेनालाई बोल्न लगाएको भन्दै नेकपाका सांसद दीपकप्रकाश भट्टले सैन्य धम्कीको विषयमा सरकार बोल्नुपर्ने बताउनुभएको थियो । सांसद राम कार्कीले भारतीय सेनाध्यक्षको भनाई खण्डन गर्नु अनिवार्य भएको भन्दै नेपाली सेनाले नभई सरकारले नै बोल्नु पर्ने उहाँले बताउनुभयो ।

आइतबार, ०४ जेठ, २०७७, साँझको ०५:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर