विराटनगर । बाँकेमा एक जना युवक क्वारेन्टाइनमा बसेकै अवस्थामा मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षे युवकको मृत्यु भएको हो ।
भारतबाट फर्केपछि वैशाख ३० गतेदेखि उनी क्वारेन्टाइनमा बसेका थिए । वाकवाकी लाग्ने लगायत केही स्वास्थ्य समस्या भएपछि अस्पताल लैजाने तयारी गर्दैगर्दा युवाको मृत्यु भएको हो । अस्पताल लैजान एम्बुलेन्स र पीपीई अभाव हुँदा समयमा अस्पताल लैजान सकिएको थिएन ।
मृत्युको कारण नखुलेपनि स्थानीयले समयमा उपचार नगरेका कारण मृत्यु भएको भन्दै विरोध सुरु गरेका छन् ।