काठमाडौं । वीरगञ्जमा उपचारपछि कोरोनामुक्त भएर डिस्चार्ज भएका दुई जनामा पुनः कोरोना संक्रमण देखिएको छ ।
बीगञ्जको नारायणी उपक्षेत्रीय अस्पातालमा उपचारपछि निको भएर फर्किएका पर्साका १ र रौतहटका १ जनामा पुनः कोरोना देखिएपछि उनीहरूलाई अस्पताल भर्ना गरिउको छ ।
नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले अस्पतालबाट कोरोनामुक्त भएर डिसचार्ज गरिएका दुवै जनामा कोरोना पोजिटिभ देखिएपछि अस्पतालको आइसोलेसन वार्डमा राखिएको बताउनुभयो। रौतहटका १९ वर्षीय पुरूषलाई र पर्साका ४४ वर्षिय अर्का पुरूषलाई कोरोना देखिएपछि अस्पतालमा उपचार गरी वैशाख १४ गते डिस्चार्ज गरिएको थियो ।
बीरगञ्जको छपकैयास्थित मस्जिदमा बस्दै आएका जमातीमा चैत ३० गते र भारतबाट आएका रौतहटका युवकमा वैशाख १ गते संक्रमण पुष्टि भएको थियो ।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।