लोड हुँदैछ...

मेनु

रतुवामाईका मेयरविरुद्ध चार दलको आक्रोश

रतुवामाईका मेयरविरुद्ध चार दलको आक्रोश

इटहरा । मोरङको रतुवामाई नगरपालिकाका नगरप्रमुख रविन राईका विरुद्धमा चारवटा राजनीतिक दलले संयुक्त प्रेस विज्ञप्ती जारी गरेका छन् ।

मेयर राईको नेतृत्वमा रतुवामाई ५ गोविन्दपुर बजारमा चियापसल गरी बस्ने गंगा भगतको घर भत्काइएको विरोधमा दलहरुले आपत्ती जनाएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपां, संघय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनता पार्टीले मेयरको कार्यको भत्र्सना गरेका छन् । गत वशाख १८ गते भगतले आफ्नै नाममा दर्ता कायम रहेको २ कट्ठा १३ धुर जग्गमा बनाउँदै गरेको घर मेयर राईले मान्छे लगाएर गुण्डागर्दी शैलीमा भत्काइदिएको दलहरुको आरोप छ ।

मुलुकमा कोरोना भाईरसको महामारी र लकडाउनले जीवन कष्टकर बनिरहेको बेला बजार व्यवस्थापनको नाममा नागरिकलाई बिचल्ली पारेको भन्दै दलहरुले आपत्ती जनाएका हुन् । विज्ञप्तीमा नेकपाका शिवनारायण राजवंशी, सङ्घीय समाजवादी पार्टीका कृष्णप्रसाद ढकाल, राप्रपाका पूर्ण पौडेल र राजपाका निमचन्द शाहको हस्ताक्षर रहेको छ ।

नगरप्रमुख राईले भने नियम कानुन कुनै दल र व्यक्ति बिशेषलाई मात्र नभई सबैलाई बराबरी लागू हुने भएकोले भगतको ४ धुर जग्गा बजारमा परेपछि टहराको टाटी बजार व्यवस्थापन समितिले निकालेको दावी गर्नुभएको छ । भगतले आफू स्वयम् बजार व्यवस्थापन समितिको अध्यक्ष भएको बेला निर्माण गरेको बजार क्षेत्रको नाला भन्दा बाहिर टहरो बनाउन थालेको टाटीबेरा फुकालिदिएको उहाँको दावी छ ।

कोरोना भाईरसको महामारीसँग जुध्नु परिरहेको यस्तो बेला राजनीतिक दलहरुले धमिलो पानीमा माछा मार्न थालेको भन्दै मेयर राईको दुखेसो छ । व्यक्तिका नाममा दर्ता कायम रहेका धेरै जग्गाहरु सरकारी रहेको भन्दै उहाँले त्यस्तो जग्गामा घर बनाउन नमिल्ने जिकिर गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।