लोड हुँदैछ...

मेनु

म्याद गुज्रेको खाद्यवस्तु बेच्नेलाई २ लाख जरिवाना

म्याद गुज्रेको खाद्यवस्तु बेच्नेलाई २ लाख जरिवाना

उर्लाबारी । लकडाउनको समयमा मोरङको उर्लाबारीमा म्याद गुज्रिएको खाद्यवस्तु बेच्ने व्यापारीलाई २ लाख रुपैयाँ जरिवाना भएको छ ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा गरिएको अनुगमनको क्रममा उर्लाबारीमा म्याद गुज्रेको खाद्यवस्तु विक्री वितरण हुने गरेको पाइएको हो ।

उर्लाबारी ७ स्थित बिना श्रेष्ठले संचालन गरेको दिपेन्द्र किराना पसल तथा पाउरोटी उद्योगमा विक्री गर्न राखिएको खानेतेल, विस्कुट र पेयपदार्थको म्याद गुजे्रको सामाग्री फेला पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले जानकारी दिनुभयो । म्याद गुज्रेको खाद्यसामाग्री विक्री गर्ने पसललाई २ लाख रुपैयाँ जरिवना गरिएको उहाँको भनाइ छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम म्याद सकिएको खाद्यवस्तु विक्री गर्ने पसललाई कारवाहीको दायरमा ल्याएको बरालको भनाइ छ । यस्तै सुन्दरहरैचा नगरपालिका १ स्थित साह किराना पसल र मितेरी टे«डसमा पनि म्याद सकिएको खाद्यसामाग्री फेला परेको छ । ती सामाग्री अनुगमन टोलीले नष्ट गरेको छ ।

अनुगमन टोलीले उर्लाबारी ६ स्थित अजय किराना पसलले एमआरपी मुल्यभन्दा बढीमा विक्री गरेको पाएको थियो । तर, सो पसललाई कुनै कारवाही नगरी छोडेको छ । प्रेमचन्द्र बायतीले संचालन गर्दै आएको किराना पसललमा २० रुपैयाँको आयो नुनलाई २२ रुपैयाँमा विक्री गर्दै आएको अनुगमन टोलीले फेला पारेको थियो ।

मंगलबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा आएको टोलीले बजार अनुगमन गरेको हो । अनुगमन टोलीले खाद्य वस्तु र पेयपदार्थमा म्याद सकिएको पसललाई कारवाहीको दायरमा ल्याएपनि पहुँचवाला अजय किराना पसलका संचालक सचेत मात्र गराएर छोडेको थियो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले आयो नुनमा एमआरपी मुल्यभन्दा २ रुपैयाँ बढी लिएको पाइएकोले एकपटक सचेत गराएर छोडिएको बताउनुभयो । अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय मोरङ, नाप तौल तथा गुणनियन्त्रण कार्यालय, उर्लाबारी नगरपालिकाको प्रतिनिधीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।