लोड हुँदैछ...

मेनु

विप्लवका इलाम इन्चार्जसहित तीन जना पक्राउ

विप्लवका इलाम इन्चार्जसहित तीन जना पक्राउ

विराटनगर । नेत्रबिक्रम चन्द विप्लव समूहका तीन जना कार्यकर्ता विष्फोटक पदार्थसहित पूर्वी नेपालको इलामबाट समातिएका छन् ।

सोमबार राति इलामको माई नगरपालिका ९ स्थित बोरुङबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चन्द समूहका इलाम जिल्ला इन्चार्ज पुष्प कोइराला, पासाङ शेर्पा र पासाङ तामाङ छन् । कोइराला संखुवासभा निवासी हुन् भने शेर्पा ताप्लेजुङ्ग लिकुखोलाका बासिन्दा हुन् । पासाङ तामाङ उदयपुरका हुन् ।

राति १ बजे विशेष सुराकीको आधारमा दानाबारी र चिसापानीबाट गएको टोलीले स्थानीय धनबहादुर लिम्बुको घरमा घेरा हालेपछि विप्लव समूहको सेन्ट्रीले गोली चलाएको थियो । त्यसपछि सशस्त्र प्रहरीले ७ राउण्ड जवाफी फायर गरेको थियो ।

उनीहरूको साथबाट १९ वटा डेटोरनेटर फ्युज, फ्युज र डेटोनेटर लगाउँदा पड्किने गरी तयार गरिएको एउटा प्रेसर कुकर, ग्रिनेड एक थान, टुकी बम एक थान, पाइपमा फीट गरिएको बम एक थान, डेथ कड ६७ फिट, बम विष्फोटमा प्रयोग हुने मिटर, विष्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ तीन किलो, बाइनाकुलर र रिमोट चार थानसहित विभिन्न प्रकारका बिष्फोटक पदार्थ, चक्कु तथा दस्तावेजहरु फेला पारिएको इलामका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेले जानकारी दिनुभयो । सशस्त्र प्रहरीको टोलीले पक्राउ गरेका उनीहरुलाई थप अनुसन्धानका लागि पक्राउ परेका व्यक्ति र बरामद सामग्री नेपाल प्रहरीको जिल्ला कार्यालय, इलाममा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।