लोड हुँदैछ...

मेनु

विप्लव समूहका नेता अनिल शर्मा विरही पक्राउ

विप्लव समूहका नेता अनिल शर्मा विरही पक्राउ

विराटनगर । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय नेता अनिल शर्मा विरही पक्राउ पर्नुभएको छ । प्रहरीले नेता विरहीलाई चितवन स्थित अस्पतालबाट पक्राउ गरेको हो ।

चितवन घर भएका नेता शर्मा भर्याङ्गबाट लडेर घाइते हुनुभएको थियो । परिवारका सदस्यहरुले उपचारका लागि उहाँलाई स्थानीय मेडिकल कलेजमा लगेका थिए । शर्मा उपचारका लागि अस्पताल पुगेको सूचना प्रहरीले पाएपछि अस्पतलबाट उहाँलाई पक्राउ गरिएको हो ।

शर्मा अस्पतालको आकस्मिक कक्षमा उपचाररत हुनुहुन्छ । उहाा विप्लव समूहको प्रकाशन विभाग प्रमुख हुनुहुन्छ ।

चितवनका प्रहरी प्रमुख एसपी नान्तिराज गुरुङले विप्लव समूहका एक नेता पक्राउ गरेको पुष्टि गर्नुभयो । सादा पोशाकमा आएका ५ जना प्रहरी उनीसँग रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।