डा.रवीन्द्र पाण्डे
# सरकारले कार्यान्वयन गरेको लकडाउनको कारण नेपालमा कोरोना संक्रमण न्यून संख्यामा सिमित रहेको छ । अब लकडाउनलाई अझै परिणाममुखी बनाउनको लागि यसको मोडालिटी परिवर्तन गर्नु आवश्यक छ ।
# बिहान तथा बेलुका मान्छेको चहलपहल हुने, काम नपरे पनि घर बाहिर निस्किने तथा भित्री बस्तीमा भीडभाड हुने समय हो । तसर्थ दिउँसो १२–२ बजेसम्म स्थानीय पसल खोल्ने एवं बिहान र बेलुका कडा गर्दा लकडाउन बढी प्रभावकारी हुन्छ ।
# लकडाउन भनेको राज्यको निम्ति तयारी गर्ने ठूलो अवसर हो । यो समयमा अधिकभन्दा अधिक कोरोना परीक्षण गर्ने, शंकास्पद ठाउँ शिल गर्ने, सिमानामा स्थानीयवासीको सहयोग लिएर शंकास्पद ठाउँमा तारबार गर्ने, मेडिकल उपकरण तथा औषधिको आयात गरेर स्टक राख्ने, १ बर्ष पुगे खाध्य पदार्थ र औषधि स्टक राख्ने, हरेक नागरिकको डाटा राख्ने आदि अवसर हो । यसको पूर्ण सदुपयोग हुनु जरुरी छ ।
# छिमेकी देश भारतमा जुन–जुलाई महिना अर्थात् आषाढ र साउनमा कोरोना संक्रमण उच्च बिन्दुमा पुग्ने प्रक्षेपणको आधारमा तयारी भइरहेको देखिन्छ । तसर्थ वैशाख १५ गतेपछि १ महिना सेमीलकडाउन गर्नु उपयुक्त देखिन्छ ।
# बैशाख १५ पछि हटस्पट शिल गर्ने, सुरक्षित ठाउँमा अत्यावश्यक सेवा चलाउने, मजदुर तथा निम्न आय समुदायलाई पुग्दो राहत दिने, कोरोना परिक्षण गरेर मजदुरलाई उद्योग तथा कारखानामा काम गर्न लगाउने (आवासीय व्यवस्थासहित), स्कुल, क्याम्पस, रेस्टुरेन्ट र सार्वजनिक यातायात आदि नचलाउने, आन्तरिक उडान ठाउँ हेरेर तथा यात्रुलाई कोरोना संक्रमण जाँच गरेर चलाउने, किसानलाई मल, बिउ लगायत उपलब्ध गराएर ु उत्पादन अभियान ु चलाउने आदि गर्नु व्यावहारिक हुन्छ । जुन बेला संक्रमण बढ्ने देखिन्छ, तुरुन्त पूर्ण लकडाउन गर्न सकिन्छ ।
# सिमाना पूर्ण रुपमा शिल गर्ने तथा आन्तरिक नाका लक गरेर सिमित क्षेत्र संचालन गर्दा दैनिक काम गरेर खाने मान्छेलाई राहत मिल्नेछ, उद्योग सुचारु हुनेछन् ।
# आगामी १÷२ वर्षसम्म कोरोना संक्रमण केहि न केहि रुपमा विश्वमा रहिरहन्छ । खोपको ब्यापक प्रयोगपछि मात्र यो पूर्ण रुपमा नियन्त्रणमा आउँछ । तसर्थ त्यो बेलासम्म कोरोना संक्रमण नेगेटिभले काम गर्ने, पोजिटिभ आइसोलेसनमा बस्ने । जोखिम बर्ग होम क्वारेन्टाइनमा बस्ने, सामाजिक दुरी कायम गर्दै युवावर्गले काम गर्ने जस्ता प्राक्टिस गर्नुपर्ने हुन्छ ।
# अहिले कोरोना संक्रमण सामान्य भएको समयमा समय, एएभ् र ल् ९५ मास्क, भाइजर, ग्लोभ्स आदि नाश नगर्ने, पछिको लागि जगेडा राख्ने, आइसीयुको क्षमता बढाउने, भेन्टिलेटरको संख्या अहिलेको १० गुणा बढाउने, आइसीयु तथा भेन्टिलेटर संचालन गर्ने तालिम दिलाउने, दात्रु राष्ट्रहरुबाट औषधि उपकरण तथा प्रबिधि प्रबन्ध गर्ने लगायत गर्न सकिन्छ ।
# कोरोना संक्रमणको मनोबैज्ञानिक असर कम गर्नको लागि परामर्श अभियान चलाउने ्र कोरोना संक्रमण लाग्दैमा मृत्यु हुन्छ भन्ने लगायतका भ्रम निवारण गर्ने, जनतालाई अधिकतम सुचित गराउने आदि गर्न सकिन्छ ।
# भ्रष्ट्राचारी, कमिसनखोर तथा कालोबजारीलाई आफ्नो र अर्को नभनि धमाधम कारबाही गर्ने । जसले गर्दा सरकारप्रति जनताको विश्वास बढ्दछ ।
(लेखक जनस्वास्थ्य विज्ञ हुन्)