लोड हुँदैछ...

मेनु

मजदुरको आँसुले सत्ताको घडा नभरियोस्

मजदुरको आँसुले सत्ताको घडा नभरियोस्

भुईं मान्छेहरुको सुस्केराले नेतृत्वको आसन नडग्मगाओस् 

जुनबेला राज्य र नेतृत्वको साथ सहयोग चाहिन्छ, त्यहिबेला देखिइरहेको हाम्रो कृतघ्नताको मूल्य असाध्य हुन्छ । जो चुकाउनै नसकिने हुनसक्छ । राम्रा कामहरुबारे बोल्नै नमिल्नेगरी राज्यहीनता, अविभावकबिहीनता, नेतृत्व बिहीननता सडकमा छचल्कियो। आफ्नै हली गोठाला, ज्यामी, खेताला बाआमालाई बिर्सियौं त हामीले ? यी सड़क मानवहरु हाम्रै ती निकट आफन्तहरु जस्तै त छन् !

लकडाउन बेठिक कसैले भनेन । सरकारको अवज्ञा गर्छु कसैले भनेन । तर, भोको मान्छे रोटी खोज्न घर बाहिर निस्कियो । बेसहारा मजदूर अपनत्व खोज्न सुदूर गाउँ सोझियो । तिनलाई बेवास्ता नगरौं । तिनलाई लात्ती भकुण्डो नगरौं । तिनका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा भएको पैसा निकालेर खर्च गरौं। सहरका चौरहरुमा सामूहिक भोजनालय र सुरक्षित आबास उपलव्ध गराऔं । गाउँ जान चाहनेहरुलाई सुरक्षा मापदण्डसहित प्रहरी र नागरिक संस्थाहरुको भरपर्दो सहयोगमा यातायात मार्फ़त पठाऔं।

३० हज़ार बढीलाई राख्न मिल्ने क्वारेन्टाइन छ भनेको थियो सरकारले, त्यहॉ तिनलाई राखौं । क्याबिनेटबाट बिभिन्न कार्यक्षेत्र तोकेर मन्त्रीहरुको कार्यबिभाजन भएको समाचार आएको थियो। ती क्षेत्रका समस्याबारे मन्त्रीज्यूहरु मौनता सँधेर नबसौं । समाधान गरौं वा बाधा के हो सार्वजनिक गरौं ।

भोको र असुरक्षित जनताले समुहको सोच्नु पर्दैन, आफ्नो सोच्छ । राज्यले व्यक्तिभन्दा फरक समुहको बारेमा सोच्नुपर्छ । समूहभित्रका बिबिधताहरुबारे सोच्नु पर्छ। त्यो उसको दायित्व हो ।

सरकार ! तिमी के सोचिरहेका छौ ? म यति सारो असंवेदनशीलताको मूकसमर्थक बन्न सक्तिन ।

तर, सामान्यतः म सरकारको समर्थक हुँ ।

2 प्रतिक्रियाहरू

2 प्रतिक्रियाहरू

Bimal
April 17, 2020 1:47 PM

यो सर्वहाराको सरकार हो भन्ने कुरा कुनै पनि व्यवहारले पुष्टि गर्दैन मजदुरहरु भोकभोकै प्रहरीको लाठी खादै हिड्दा मजदुरको सरकार फर्मान मात्रै जारी गरेर वसिरहन्छ कुनै समवेदना नभएकाहरु मन्त्री छन् लाज पचाएर नदेखेझै वसिरहेका छन् यो जस्तो भ्रष्टचारी र निकम्वा सरकार अहिले सम्म नत थियो नत हुनेनै छ । कम्युनिष्ट नामको कलंकहरुले नेपालको कम्युनिष्ट आन्दोलन सिदयाए कम्युनिष्ट भन्न पनि लाजमर्दो वनाए किड्नि ड्यामेजले देश पनि ड्यामेज वनाए कम्युनिष्ट पार्टी पनि ड्यामेज वनाए तुरुन्तै केपिको विकल्प नखोजे इतिहासमा सिमित रहन्छ कम्युनिष्ट पार्टी फिल्डमा अरुले दुख गर्नुको अर्थ छैन सत्तामा वसेर बदनामी कमाइ रहेमा ।

विद्रोहि मान्छे
April 17, 2020 2:25 PM

सेटीङ मिलाएर औषधि खरिदमा समेत कमिसन को ठुलै रकम कुम्ल्याउनेले अव लास को दाहासंस्कारमा पनि कमिसन खाने सपना देखी रहेका होलान यो भन्दा भ्रष्ट र पतितहरुले गरिव को आसु किन देख्छन् र तर याद राख सत्ताधारीहरु विपतिमा पनि नगरेको सहयोग र भोकभोकै हिड्दा पनि प्रहरिले हानेको डन्डाले आगामि चुनावमा तिमिहरुलाइ रसतालमा पुर्याउने छ । मजदुरका आसुले सराप्ने छ कम्युनिष्टका खोल ओढेकाहरुको मुखुन्डो खोलीदिने पक्का छ चेतना भया ओली नै अन्तिम प्रधानमन्त्री हुन् कम्युनिष्ट पार्टीको अव जति लुट्छौ लुुट अव फेरी पाउने छैनौ छुट ।

प्रतिक्रियाहरू बन्द छन्।