विराटनगर । मोरङमा ८३ हजार १ सय १२ घर धुरीलाई राहत वितरण गरिएको छ ।
लक डाउनका कारण खाद्यान्न संकटमा परेका अति विपन्न तथा गरिव घरपरिवारलाई मोरङका सबैजसो स्थानीय तहहरुले राहत वितरण गरेका हुन् । जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार मोरङको रतुवामाइ नगरपालिका बाहेक मोरङका अन्य १६ वटै स्थानीयहरुले खाद्यान्न वितरण गरेका छन् ।
सबै पालिकाहरुले २९ करोड २७ लाख ७ सय १२ किलो चामल, १ लाख ७३ हजार ५ सय ८८ किलो दाल वितरण गरेको मोरङ प्रहरीले जनाएको छ । त्यस्तै ५८ हजार ३ सय ३८ किलो आलु, ८२ हजार १ सय ९१ किलो नुन, ४६ हजार ७ सय ३९ लिटर खाने तेल वितरण गरिएको छ ।