लोड हुँदैछ...

मेनु

गिरिजालाई सम्झदै राहत वितरण

गिरिजालाई सम्झदै राहत वितरण

विराटनगर । गिरिजाप्रसाद कोइराला फाउन्डेसनका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले विराटनगरस्थित मिल्स एरियामा राहत वितरण गर्नुभएको छ ।

नेपाली कांग्रेसका युवा नेता सलिम अन्सारीको सहयोगमा संयुक्त रुपमा अन्सारी र कोइरालाले विराटनगर–१७ मिल्स एरियाका अति विपन्न नागरिकताबिहीन ५० परिवारलाई राहत वितरण गरिएको हो ।

नेपाली राजनीतिका शिखरपुरुष स्व। गिरिजाप्रसाद कोइरालाको सम्झनामा उहाँसँगै मजदुर आन्दोलनमा मिल्स एरियाले विशेष भूमिका खेलेको भन्दै राहत वितरण गरिएको अन्सरीले बताउनु भयो ।

राहत सामग्रीमा २५० किलो चामल, ५० प्याकेट डिटर्जेंट पाउडर, ५० वटा हात धुने साबुन, ५० वटा मास्क रहेको ह्यूमानिटी फाउन्डेसनका संस्थापक सदस्य कुत्बुद्दीन खानले जानकारी दिनुभयो ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

shyam narayan yadav
April 15, 2020 9:10 PM

biratnagar 4 ma pani dinu 9807091145

प्रतिक्रियाहरू बन्द छन्।