कालोबजारी नगर्न उद्योग संगठनको चेतावनी

कालोबजारी नगर्न उद्योग संगठनको चेतावनी

विराटनगर । उद्योग संगठन मोरङले विपद्को समयमा सरकारले जारी गरेको निर्देशिका उल्लंघन गर्दै कालोबजारी नगर्न सबै उद्योगी व्यवसायीलाई आग्रह गरेको छ ।

बुधबार एक विज्ञप्ति जारी गर्दै संगठनका अध्यक्ष भीम घिमिरेले कालोबजारी गर्ने कसैलाई पनि संगठनले संरक्षण नगर्ने स्पष्ट पार्नुभएको छ ।

लकडाउनमा कालोबजारी भैरहेको भन्ने गुनासो बढन थालेपछि उद्योग संगठनले उद्योग व्यावसायीलाई सचेत गराएको हो । उद्योगी व्यापारीहरुलाई सहुलित दरमा अत्यावश्यक सामग्रीहरु उपलब्ध गराउन आग्रह गर्दै घिमिरेले
मानव जातीको अस्तित्व नै संकटमा परिरहेको बिषम अवस्थामा धेरै नाफा लिने काम नगर्न अपिल गर्नुभएको छ ।

अध्यक्ष घिमिरेले बैंक तथा बितीय संस्थाहरुले निक्षेपको ब्याजदर घटाए पनि ऋणको ब्याजदर नघटाई कालोबजारी गरेको बताउँदै त्यसको अनुगमन पनि पनि माग गर्नुभएको छ । यस्तै लामो लकडाउनले उद्योग व्यवसाय क्षेत्रमा प्रत्यक्ष दुरगामी प्रभाव पारिहेकोले बैंक ब्याज, बिजुली महशुल, भन्सार, कर तथा श्रमिकको पारिश्रमिक भुक्तानीबारे प्याकेजसहित राहत घोषणा गर्न पनि संगठनले माग गरेको छ ।

अतिआवश्यक वस्तु तथा सेवाको उत्पादन तथा बिक्रि बितरण गर्ने उद्योग व्यवसायको सञ्चालन, उत्पादन र बिक्रि वितरणमा सहजीकरण गरिदिन पनि संगठनले आग्रह गरकेो छ । अध्यक्ष घिमिरेले विज्ञप्तिमा लकडाउनको पालना गर्न र घरमै बस्न पनि आह्वान गर्नुभएको छ ।

1 प्रतिक्रिया

Raj Kumar pandit
बैशाख ७, २०७७

Warning !!!!!Deyera hudaina baru aafai gayera check garera price list order ma leuda aaja ramro huncha…..natra aam janta risaune kunai tungo chaina hai…do fast

प्रतिक्रिया दिनुहोस्