केराबारीमा सुरक्षा संयन्त्र कमजोर

केराबारी । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९ रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको सुरक्षा संयन्त्र कमजोर बन्दा केराबारीमा लक डाउनको व्यापक उल्लंघन भएको छ ।

सुरक्षा संयन्त्र कमजोर बनेका कारण स्थानीयले समेत प्रहरीको आँखा अगाडि मोटरसाइकल टेम्पो जस्ता सवारी साधन निर्वाध रुपमा चलाउने गरेका छन् । चोक तथा सडक पेटीमा खुलमखुल्ला मानिस जमघट भई गफिएर बस्ने गरेका छन् ।

स्थानीय प्रहरी प्रशासनले बेलाबेलामा आएर निर्देशन दिए पनि अधिकांस युवाहरुले प्रहरीको निर्देशन पालना गरेका छैनन् । प्रहरीले पनि बिना काम सडकमा हिंड्ने रमिताका लागि घरवाहिर निस्कने मानिसलाई समेत केही नगर्दा केराबारी बजार आसपासका स्थानीय लकडाउनको अनुभूति नभएको बताउँछन् ।

स्थानीय सरकारका प्रतिनिधि तथा जनप्रतिनिधिलाई यसबारे जानकारी गराउँदासमेत प्रहरीले केही गर्न नसकेको र केही समय आएर सशस्त्र प्रहरीले कडाई गरे पनि केही समयपछि उस्तै हुनेगरेको जनप्रतिनिधि नै बताउँछन् ।

सुरक्षाको कुरा गर्दा कतिपय युवाहरुले त प्रहरीले कुटुन मात्रै न यीनिहरुको सबै भेद खोलिदिन्छौं भन्दै चुुनौति समेत दिने गरेका छन् । प्रहरी र युवाबीचको साँठगाँठका कारण प्रहरीले वृद्धवृद्धा र महिला र बालबालिकालाई मात्रै कडाई गर्ने गरेको कतिपयको गुनासो छ ।

यसवारेमा इलाका प्रहरी कार्यालय केराबारीका इनचार्ज खड्गबहादुर राईलाई प्रश्न गर्दा उहाँले पनि न्यून जनशतिmका कारण सुरक्षामा कडाई गर्न नसकिएको बताउँदै जति भने पनि स्थानीयलाई नलागेको बताउनु भयो ।

नाकामा छैन कडाई

त्यसो त केराबारीमा दैनिक नयाँनयाँ मानिसहरु आउने गरेका छन् । भारतीय सीमावर्ती क्षेत्रबाट घुमडुल गर्न तथा सुरक्षाका लागि केराबारी–३ को भोगटेनी आसपासमा जाने र बस्ने गरेको स्थानीयले बताएका छन् । केराबारी छिर्ने नाकामा कडाई नहँुदा मोटरसाइकल काम विशेष बाहेकका मानिससमेत निर्वाध हिंड्ने गरेका छन् ।

प्र्रदेश तथा केन्द्र सरकारले एक स्थानीय तहदेखि अर्को पालिका तथा जिल्लामा जानसमेत रोक लगाएको अवस्थामा मानिसहरु खुला रुपमा हिंडडुल गर्न थालेपछि यसको चर्को आलोचना हुन थालेको छ ।

सोमबार, ०१ बैशाख, २०७७, दिउँसोको ०२:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर