लोड हुँदैछ...

मेनु

सबै जिम्मेवार र एकताबद्ध बनौ

सबै जिम्मेवार र एकताबद्ध बनौ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली सर्वहारा श्रमजीवी वर्गका जनताको राजनीतिक प्रतिनिधि संस्था हो।यो दुईवटा ठूला कम्युनिष्ट पार्टीहरुको एकतापछि निर्माण भएको एकीकृत पार्टी हो ।यसले आज ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा अघि सारेर सरकारको नेतृत्व गरिरहेको छ । यस पार्टीले अंंगिकार गरेको बाटो सहि छ । हामीसँग कुनै नीति र बिचारको समस्या छैन । पार्टीको मार्गदर्शक सिद्धन्त मार्क्सवाद–लेनिनवाद हो।जनताको बहुदलीय जनवाद, एक्काइसौं शताब्दीको जनवादको सन्दर्भमा आगामी महाधिवेशनसम्म छलफल गरि निश्कर्षमा पुगिने नै छ । अहिलेको न्युनतम कार्यक्रम जनताको जनवाद हो र यो समाजवादउन्मुख छ। मुख्यरुपमा यसको कार्यान्वयनमा कुशलता र दृढतापूर्वक लाग्ने कुरा नै हो।

अब तत्कालीन विषयमा प्रवेश गरौं ।अहिले हाम्रो सामुन्ने विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) बाट सम्पुर्ण मानव आक्रान्त भइरहेका छन् । यसबाट प्रत्येक नागरिकलार्ई बचाउनुपर्ने तत्कालको चुनौती र कार्यभार नेकपा र सरकारसँग छ। यस काममा पार्टी नेतृत्व कार्यकर्ता र सबैतहका सरकार अल्मलिनु हुदैन । साथै पार्टी र सरकारको विरुद्ध विपक्षी र प्रतिक्रियावादीहरुले फैलाएका भ्रमबाट पनि अल्मलिनु हुँदैन ।आफुले हिँडेको बाटो वा वैचारिक आस्थाप्रति आशा, उत्साह तथाआत्मविशवास जगाउनुको सट्टा ‘पार्टी र सरकार ठिक बाटोमा हिडेनू, सबै नेताहरु स्वार्थी, कुलिन र भ्रष्ट भए आदि जस्ता कुराहरू सामाजिक सञ्जालमा पोष्ट गरेर भिउज र कमेन्टको आत्मरतिमा रमाउने कुराले पार्टी र सरकारलाई सहयोग पुग्दैन । साथै नयाँ–नयाँ उत्साह रआशा अनि एकताको सन्देश जागृत गराउँन सकिदैन । अहिले त हामी सम्पुर्ण एक भएर हाम्रोसामु मृत्युको दुत बनेर आएको कोरोना भाइरसलाई परास्त गर्नुको विकल्प छैन ।

सरकारहरुले डे वानदेखि संयमित भएरै सीमित स्रोतले भ्याएसम्मका उपायहरु खोजी गरि हामी नागरिकका लागि गरिरहेको देखिरहेका छौं । जहाँसम्म स्वास्थ्य सामाग्री खरिदको बिषय छ, चाँडो खरिद गरि सेवा प्रवाह गर्ने उद्देश्यले एउटा सम्झौता गर्यो । तर, भेन्डर कालोबजारी पर्यो। तत्कालै सम्झौता रद्द गरि नेपाली सेनाले कम्तीमा त्यस्तो गर्दैन भन्ने विश्वासका आधारमा खरिद गर्न सकिने निर्णय गरेको हुनुपर्छ । जसले ल्याओस् हामीलाई छिटोभन्दा छिटो चाहिने होला नि । मृत्युको मुखमा किन अनावश्यक कोकोहोलो ?

विपक्षी त विपक्षी नै भइगए, सरकार आफैं चलाएको जसरी कहिले ‘सिधा कुरा’ त कहिले बाङ्गा कुरा गरेर चौथो अङ्गको जर्नालिजम् इथिकस्माथिको ठाडो प्रहारले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नैं धावा बोल्नु कति उचित हुन्छ ? हामी सबै जिम्मेवार बनौ, एकताबद्ध बनौ ।एकीकृत शक्तिका साथ कोरोनासँग लडौं।
#stay home safely and happily.#

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।