विराटनगर । सरकारले कोरोना भाइरस संक्रमण रोकथामका लागि गरेको लकडाउनको समयमा अत्यावश्यक सेवाका साधनको रुपमा बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सले यात्रुहरुलाई ओसारपसारमा गरेको पाइएको छ ।
बुधवार साँझ मोरङको लक्ष्मीमार्गस्थित यात्रुहरुलाई ओसारपसार गर्न प्रयोग गरिएको २ज वटा एम्बुलेन्सलाई सशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गको चेक पोष्टले नियन्त्रण गरेपछि यस्तो खुलेको हो।
पश्चिम बाट पूर्व आउदै गरेको को १ च ४६५८ नम्बरको पदमचन्द्र मेमोरीयल हस्पिटल प्रा।लि। पथरी र को।१च ४६४७ नम्बरको सामुदायिक बचत तथा ऋण सहकारी संस्था इनरुवाको एम्बुलेन्सले यात्रुअस्पतालबाट डिस्चार्ज भएर आएको भनिए पनि बिरामीको कुनैपनि कागजात नभेटिएपछि शंका लागेर सशस्त्र प्रहरी बेस क्याम्प लक्ष्मीमार्गले प्रहरी चौकी भाउन्नेलाई बुझाएको थियो ।