विराटनगर । प्रदेश सरकारले कोरोना भाइसरको संक्रमण विरुद्ध जुध्न स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा नेपाली कांग्रेस प्रदेश नम्बर १ का सांसदहरुले १५ दिन बराबरको तलब जम्मा गर्ने भएका छन् ।
विश्व महामारीबाट गुज्रिरहेको र हाम्रो देश यो महामारीसंग लड्नभन्दा पनि यसबाट सुरक्षित रहन जरुरी रहेको औल्याउँदै काँग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले कोषमा रकम जम्मा गर्ने जानकारी दिनुभएको हो ।
स्वास्थ्य सामग्रीको अभाव, विस्तारै खाद्य सामग्रीको अभावसंग पनि हामी लडिरहेका छौं र लड्नु पर्ने भन्द्यै कार्कीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको पिपिईद्वारा सुरक्षा गर्नु र उहाँहरुको मनोबल बढाउनुपर्नेमा जोड दिनुभएको छ । यस घडीमा प्रदेश सरकारले कोरोना जनसुरक्षा कोष स्थापना गरेको र सो खातामा नेपाली कांग्रेसक संसदीय दलका माननीय सदस्इहरुको १५ दिनको तलब जम्मा गरिदिन काँग्रेसले प्रदेशसभा सचिबलाई पत्रसमेत पठाएको छ ।
प्रदेश १ मा नेपाली कांग्रेसका २१ सांसद छन् । यसअघि कोषमा प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश प्रमुख, सभामुख र उपसभामुखले १÷१ महिनाको तलब जम्मा गर्ने घोषणा गरिसक्नुभएको छ । यसैगरी कोषमा विराटनगरका उद्योगी राजेन्द्र राउतले ११ लाख रुपैयाँ जम्मा गर्नुभएको छ ।