भारतबाट नेपाल फर्किएका युवा अलपत्र

विराटनगर । कैलाली–१ टीकापुर बस्ने २४ बर्षीय रामबहादुर विक विराटनगर बसपार्क मै अलपत्र परेका छन् ।

सरकारले मङ्गलबारदेखि लकडाउनको घोषणा गरेपछि उनीसहित भारतबाट आएका युवाहरु अलपत्र परेका हुन् ।

सरकारले फैलिँदै गएको कोरोना भाईरसको सङक्रमणलाई मध्यनजर गर्दै मङ्गलबारदेखि चैत्र ११ गतेदेखि चैत्र १८ गतेसम्म लकडाउनको घोषणा गरेको छ । सरकारले लकडाउनको समयमा अत्यावश्यक सेवा क्षेत्रहरु मात्रै सञ्चालनमा रहने भएकोले यातायाका साधन ठप्प छन् ।

कैलाली–१ टीकापुर बस्ने रामबहादुर बिक, खडकबहादुर नेपाली र गोरख बहादुर बिक लगायतका १० जना युवा विराटनगर बसपार्कमा अलपत्र छन् । उनीहरु १ महिनाअघि सेक्युरिटी गार्डको जागिरको शिलशिलामा भारतको बिहार राज्य गएका थिए । तर, १ महिना काम गरेर ज्याला नपाएपछि कोरोनाको हल्ला फैलिएसँग उनीहरु जोगबनी हुँदै सोमबार बेलुका मात्रै विराटनगर फर्किएका थिए ।

विराटनगरमा पनि लकडाउनका कारणले सार्वजनिक सवारीसाधनको आवागमनमा रोक लगाईएपछि अलपत्र परेको बि.कले बताउनुभयो । होटल बस्ने पर्याप्त पैसा नभएकाले एक रात बसपार्कमै बिताएको बताउँदै कैलाली–१ निवासी खडकबहादुर नेपालीले भन्नुभययो, ‘न त घर फर्किने पैसा छ, न त बास बस्ने नै, भोकै छौं के गर्ने ?’

मङ्गलबार, ११ चैत, २०७६, दिउँसोको ०२:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर