‘संसार २१ औ शताब्दीलाई चरम विकास र प्रबिधिको गुणात्मक फड्को मारेको भनेर आफूलाई परिभाषित गरिरहेको बेला नोबलक कोरोना भाइरसले विश्वलाई दिवासप्नबाट ब्युँझाइदिएको छ । अरुको के कुरा गर्नु आफूलाई विकसित र शक्तिशाली भनि कहलिएको राष्ट्रिय पनि आज झुक्नु परेको छ । भौतिक स्रोत, साधन र परमाणु हतियार र नयाँ आणविक अत्याधुनिक हतियार र सैन्य शक्तितर्फ उत्खनन्, अन्वेषण र विकासका लागि मात्र समय खर्चको विश्वका लागि भौतिक विकासभन्दा जैविक विनासले संसारलाई नै एक दिन ठूलो चुनौती दिन सक्ने भन्ने कुरा यस कोरोना नामक भाइरसले झक्झकाई दिएको छ ।
खै त ! जैविक बिपत्ति आइपर्दा त्यसको निराकरण कसरी गर्ने भन्ने विश्वका अन्वेषण तथा साइनटिसहरुको ध्यान गएको ? आज ३ महिनाभन्दा बढी कोरानाले विश्व हल्लाइरहदा खै त कुन चाहिं प्रविधिले पत्ता लगाउन सकेको ? यहाँसम्म हामीलाई बिरामीको प्रकृति तथा रोगबारे सम्पूर्ण जानकारी छ, त्यहि पनि संसार केबल मुखदर्शक…
हामी नेपालीको कुरा छाडौं । हेलिकप्टरबाट दबाइ छिट्नेको सामाजिक सञ्जालमा शेयर गरिरहेको छौं । अरे बाबा, गर्मी मौसममा मच्छरको दबाइ छिट्न गाडीमा त सबै ठाउँ पु¥याउन स्रोतको अभाब छ, हेलिकप्टर कस्तो विश्वास गरेको ? त्यो नि, आफूलाई पढेलेखेका, स्मार्टफोन चलाउने अनि सुकिलामुकिला भनाउँदा हामी फेसबुकेहरु… । जसले जे पठायो त्यो यथार्थमा विश्वसनीय हो कि नाई ? नबुझी हावामा म्यासेज फरवार्ड गर्ने .. । ख्याल गरौ, नेपालको बिद्यतीय ऐन २०६३ र साइबर क्राइममा अपराध ठहरिए ५० लाखदेखि १ करोडसम्म जरिवाना र १५ वर्षसम्म जेलको व्यवस्था ….।
हाम्रो समाजलाई कोरोनाले भन्दा पनि मानसिक चिन्ताले पो लान्छ भन्ने लागिरहेको छ । मोबाइलमा फोन बज्दादेखि, फेसबुकमा मनगडन्ते न्युजहरुले सामाजिक सञ्जाल भरिएको छ । हुँदाहुँदै प्राइभेट म्यासेजमा समेत यस्तो उस्तो भनेर तुकबिनाका खबरहरुले समाजमा आक्रान्त पारेको छ । यसले अनावश्यक बीपी बढाउने गरेको छ, यसको लेखाजोखा गरेका छौं, हामीले । यदि त्यो भिडियो बालबालिका बृद्ध समूहले हेर्दा उनीहरूको स्वास्थ्य र बाल मनोविज्ञान र प्रवृत्तिमा कस्तो असर पर्नसक्छ भन्ने हेक्का हामीमा छ कि छैन ?
भनिन्छ, रोग लाग्नुभन्दा लाग्न नदिनु बेस हामीमा दम्भ छ । मलाई कहाँ लाग्छ, अरुलाई पो सर्न सक्छ, हामी नेपाली..। रोकथामका उपायहरु आफू आफ्नो परिवारबाट सुरु गरौं । आफ्नो लापर्वाहीले आफ्नो परिवार, समाज र राष्ट्रलाई बोझ नबोकाऔं, भविष्यमा आइपर्न सक्ने ठूलो चुनौती आझै सामना गरि कठिन परिस्थितिलाई सामन्य तुल्याइ समुन्नत राष्ट्रको निर्माणमा गरौं ।
समय सान्दर्भिक लेख ! यस लेखबाट हामी नेपालीले सिक्नु पर्ने धेरै टिप्सहरू छन , बिडम्बना त्यो हामीले ग्रहण गर्नु भन्दा मजाक बनाउन महिर छौ ।