विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले कोरोना भाइरसको संक्रमण रोकथामका बन्ने उपचार कोषमा ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकारले छुट्टै कोष स्थापना गर्ने तयारी गरेपछि उद्योगी राउतले कोषमा आफ्नोतर्फबाट ११ लाख रुपैयाँ सहयोग उपलव्ध गराउने घोषणा गर्नुभएको हो । संकटको बेला भइपरि अवस्थामा सरकारलाई मद्दत मिलोस् भनेर सहयोग गरेको राउतले बताउनुभयो ।
राउत कन्ट्रक्सनको तर्फबाट उद्योगी राउतले प्रदेश १ मा रहेका २३ वटा उद्योग वाणिज्य महासंघका शाखाहरुलाई ५÷५ सय थान मास्क र ५÷५ लिटरका दरले स्यानिटाइजर उपलव्ध गराउने पनि बनाउनुभएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले विभिन्न निर्णयहरु गरिरहेको छ ।
त्यसै सन्दर्भमा संकट उत्पन्न भएको अवस्थाका लागि संघीय सरकार र प्रदेश सरकार तथा कतिपय स्थानीय तहहरुले उपचार कोषहरु निर्माण गरिरहेका छन् ।