विराटनगर । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न मोरङ प्रहरीलाई विराटनगरका एक दम्पतीले मास्क वितरण गरेका छन् ।
समाजवादी पार्टी नेपालको केन्द्रीय सस्दय तेजलाल कर्ण र विद्याकुमारी कर्णले मोरङ प्रहरीलाई १ हजार २ सय थान माक्स र सेनिटाइजर वितरण गर्नुभएको हो ।
जनताको सुरक्षाको लागि अवरात रूपमा खटिने प्रहरीको सुरक्षाको लागि मास्क र सेनिटाइजर वितरण गरिएको समाजवादी पार्टीका केन्द्रीय सदस्य तेजलाल कर्णले जानकारी दिनुभयो । ‘महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट सुरक्षाकर्मी जोगिए मात्र जनताको सुरक्षा प्रदान गरिन सकिन्छ । त्यही भएर हामीले कोरोना भाइरसबाट जोगिन मास्क वितरण गरिएको हो,’ पूर्वेली होजियारी उद्योगका सञ्चालकसमेत रहनुभएइका कर्णले भन्नुभयो ।
जनताको सेवा र सुरक्षामा आहोरात खटिने सुरक्षार्कीहरूको लागि कोरोना भाइरसको संक्रमण विरुद्ध रोक्न मास्क प्रहरीको लागि मास्क अपरिहार्य रहेको बताउनुभयो । प्रहरीको लागि वितरण गरिएको मास्क संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा मजदुर नेता समेत रहनुभएका कर्ण र विद्याकुमारी कर्णले मोरङ प्रहरीका प्रमुख एसपी अधिकारीलाई मास्क वितरण गर्नुभएको थियो ।