उपचारका लागि ३३ हजार सहयोग

उर्लाबारी । मिर्गाैला रोगबाट पीडित मोरङको उर्लाबारी–७ का ५१ वर्षीय टिकाप्रसाद श्रेष्ठको उपचारका लागि मिस्ट कलेजले ३३ हजार रुपैयाँ सहयोग गरेको छ ।

आइतबार कलेजका विद्यार्थीबाट संकलन भएको रकम सुदिप शाही ठकुरी र नितेसप्रसाद खनालले अभियानका संयोजक चन्द्रबहादुर श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो ।

शिक्षासेवी तथा समाजसेबी श्रेष्ठको जीवन रक्षाका लागि विद्यार्थीहरुबाट ३३ हजार ८ सय ७२ रुपैयाँ संकलन गरी हस्तान्तरण गरेको विद्यार्थी नितेशप्रसाद खनालले जानकारी दिनुभयो । समाजसेबी चन्द्रबहादुर श्रेष्ठको नेतृत्वमा गठित अभियानमा हालसम्म १ लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ ।

२०६० सालमा भारतको केरेलामा पहिला पटक प्रत्यारोपण गर्नुभएका श्रेष्ठको पुनः मिर्गाैलामा समस्या आएको छ । मिर्गाैैला पुनः प्रत्यारोपण गर्न ४० लाख रुपैयाँ खर्च लाग्ने भएपछि श्रेष्ठ सहयोगी हातको खोजीमा हुनुहुन्छ ।

भारतको केरेला उपचाररत रहनु भएका श्रेष्ठले पनि सामाजिक सञ्जालमार्फत सहयोगका लागि अपिल गर्नुभएको छ । अभियानका संयोजक चन्द्रबहादुर श्रेष्ठले शिक्षासेवी तथा समाजसेबी टिकाप्रसादको जीवन रक्षाका लागि सबैले साथ र सहयोग गर्न अपिल गर्नुभयो ।

आइतबार, ०९ चैत, २०७६, रातीको ०९:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर