व्यापार संघद्वारा सेनिटाइजर वितरण

विराटनगर । कोरोना भइरस (कोभिड १९)को संक्रमण महामारीको रोकथाम र नियन्त्रण कार्यमा सहयोग पु¥याउने उद्देश्यले मोरंग व्यापार संघले सेनिटाइजर वितरण गरेको छ ।

संघले आइतबार जिल्लाभरिका ९ (नौ) वटा शाखाहरु र प्रदेश तथा जिल्लास्तरीय पत्रकार महासंघलाई आ–आफ्नो स्थानबाट वितरण गरिदिन एक लाख दश हजार रुपैयाँ बराबरको सेनिटाइजर उपलब्ध गराएको जनाएको छ ।

संघको सामाजिक उत्तरदायित्व अनुरुप अध्यक्ष प्रकाश मुन्दडाले मोरङ जिल्लाभरी रहेका आफ्ना शाखाहरुलाई सेनिटाइजर वितरण गरेको बताउनुभयो । रंगेली उद्योग वाणिज्य संघ, सुन्दरहरैंचा उद्योग वाणिज्य संघ, पथरी उद्योग वाणिज्य संघ, लेटाङ उद्योग वाणिज्य संघ, बेलवारी उद्योग वाणिज्य संघ, उर्लावारी उद्योग वाणिज्य संघ, मिक्लाजुङ व्यापार प्रबन्ध समिति, इटहरा उद्योग वाणिज्य संघ र केरावारी व्यापार प्रबन्ध समितिलाई सेनिटाइजर वितरण गरेको हो ।

संघका अध्यक्ष मुन्दडाले पत्रकार महासंघ, प्रदेश नं. १ र पत्रकार महासंघ, मोरङका अध्यक्षज्यूहरु मार्फत पनि सेनिटाइजर वितरण गर्नुभएको थियो । सो अवसरमा संघका निवर्तमान अध्यक्ष पवनकुमार सारडा, वरिष्ठ उपाध्यक्ष नविन रिजाल, विशेष सल्लाहकार सुनिल टिवडेवाला, उपाध्यक्ष विकासकुमार बेगवानी, अनुपम राठी, महासचिव अनिलकुमार साहसहितको सहभागिता थियो ।

संघले सर्वसाधारणका लागि आफ्नो भवन अगाडि हात धुने साबुन पानीको व्यवस्था समेत गर्ने भएको छ ।

आइतबार, ०९ चैत, २०७६, रातीको ११:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर