विराटनगर । विराटनगरको हाटखोलास्थित सञ्चालनमा आएको आरके सिटी सेन्टरमा बोता मःम सञ्चालनमा आएको छ ।
विभिन्न १५ परिकारमा बोता मःम पाइन्छ । काठमाडौंमा चर्चित बोता मःम उपत्यका बाहिर पहिलो पटक विराटनगरमा आएको हो ।
करिब ८० लाख रुपैयाँ लगानीमा बोता मःम सेन्टर सञ्चालनमा ल्याएको ब्राण्ड म्यानेजर सविन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार १५ भन्दा बढी परिकारमा बोता मःम पाइनेछ ।
बोताको काठमाण्डौमा मात्र १३ शाखा रहेका छन् । विराटनगरमा खोलिएको १४ औं शाखाको रुपमा बोता मःमको बिक्री वितरण सुरु भएको हो ।
साँधेको, क्रान्जी, अपन, जोललगायतको मःम बोतामा पाइन्छ । १ सयदेखि ३ सय ५० रूपैयाँ प्रतिप्लेटमा बोता मःम पाइन्छ । बोता मःम सालको पातले बनाएको टपरीमा दिने गरिन्छ । नेवारी भाषामा सालका पातको टपरीलाई बोता भनिन्छ ।