विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीको सरुवा भएर बिहीबार नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा इन्द्रमणी पोखरेल हाजिर हुनुभएको छ ।
सरकारले महानगरमा सहसचिब पोखरेललाई पठाउने निर्णय गरेपछि एक वर्ष अघि विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आउनुभएका अधिकारी विदा हुनुभएको हो ।
एक वर्षे कार्यकालमा अधिकारीले सडक सरसफाई, व्यस्त चोकमा आकाशे पुल निर्माणसहित महानगरको सौदर्यकरणको योजना अगाडि बढाउनुभएको थियो । बिहीबार महानगरपालिकाले सरुवा भएका अधिकारीलाई विदाई गरी पोखरेललाई स्वागत गरेको छ । महानगर प्रमुख भीम पराजुली, उपप्रमुख इन्दिरा कार्कीसहित वडाअध्यक्षहरुले स्वागत र विदाई गरेका हुन् ।