भान्सा घरमा ‘टिपकल खाना’

विराटनगर । विराटनगर बसपार्कको पहिलो तलामा रहेको ‘हाम्रो भान्सा घर’ को नेपाली टिपिकल खानामा ग्राहकको आकर्षण बढेको छ ।

भान्सा घर सञ्चालनमा आएको सुरूवातदेखि नेपाली टिपिकल खाना खुवाउँदै आएपछि ग्राहकको आकर्षण बढेर गएको हो ।

करिब २२ लाख रूपैयाँ लागतमा संचालनमा आएको हाम्रो भान्सा घरमा नेपाली टिपिकल खाना पाइन्छ । टिपिकल खाना खान दैनिक एक सयको संख्यामा नियमित ग्राहक रहेको संचालक मनोजसिंह राईले जानकारी दिनुभयो । यहाँ पाइने टिपिकल खानामा साँधेको गुन्द्रुकको मिठास, आलुको अचार, दही मेनु र स्थानीय कालो दाल रहन्छ । साहकारी होस् या मांसहारी आगन्तुकहरूलाई मन भान्साघरले लोभ्याउँदै आएको छ ।

वैदेशिक रोजगारबाट फर्किएपछि राईले स्वेदेशमै केही गर्ने उद्देश्यले होटल व्यवसाय सञ्चालन गरेको बताउनुभयो । खाना बाहेक विभिन्न परिकारहरू पनि भान्साघरमा पाइन्छ । केही दिनपछि ढिँडो पनि पाइने उहाँले बताउनुभयो ।

भान्साघरका कुकले कुन तरकारी कसरी पकाउने, कति नुन र मसला हाल्ने भन्नेमा विशेष ध्यान दिन्छन् र हात चाट्न बाध्य पार्ने स्वाद निकाल्छन् । हाम्रो भान्सा घरमा प्रत्यक्ष पाँच जनाले रोजगारी पनि पाएका छन् । भान्सा घरमा एक पटकमा ५० जनालाई खाना खुवाउन सक्ने क्षमता रहेको सञ्चालक राईले बताउनुभयो ।

बिहिबार, ०६ चैत, २०७६, बिहानको ०९:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर