विराटनगर । खोटाङ, मोरङ र झापाका तीन स्थानमा आगलागी हुदा २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
खोटाङ हलेसी हात्तिटार बस्ने लोकेन्द्र माझिको घरबाट अचानक आगलागी हुँदा उनका छिमेकी सिता माझी र झनबहादुर थापा समेतको घरमा आगो फैलिन गई तिनै घर जलेका छन् । आगलागीमा घर, सुनका गहरगना तथा अन्य सरसामान जलि नष्ट हुदा १७ लाख ३५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
यसैगरी मोरङको बुढीगंगा १ पुष्पलाल चोक बस्ने भवनाथ धमलाको घरमा किराना पसल समेत रहेको एक कोठामा बिजुलीको लाईन सट भई आगलागी हुँदा पसलको सामानहरु जलेर नष्ट भएको छ । आगलागीमा ४ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
उता झापाको कमल गाउँपालिका ५ का धनबहादुर बि.क.को घरबाट बिजुली सर्ट भई आगलागी हुँदा छिमेकी सन्तोष बि.क. र सुजन बि.क. समेतको घरमा आगो फैलिएर तिनै घरमा आगलागी भएको । आगलागीमा लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
तीनै स्थानमै लागेको आगो स्थानीय र दमकलको सहयोगमा नियन्त्रणमा लिईएको थियो ।