तीन दिनमा ७० शैय्याको अस्पताल बन्ने

चितवन । कोरोना भाइरसको त्रास फैलिरहेको अवस्थामा चितवनको भरतपुर महानगरपालिकाको पहलमा तीन दिनभित्र ७० बेडको अस्पताल बनाइने भएको छ ।

भरतपुर कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याउनेगरी महानगरले निजी क्षेत्रसँगको सहकार्यमा काम थालेको महानगर प्रमुख रेणु दाहालले जानकारी दिनुभयो ।

भरतपुर महानगरको अगुवाइमा भएको सरोकारवालाको बैठकले ७० श्ययाको अस्पताल तत्काल निर्माण गर्ने निर्णय गरेको हो । महानगरमा भएको सर्वपक्षीय बैठकले महानगरपालिका प्रमुख रेनु दाहाल संयोजक रहेको १५ सदस्यीय कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण पूर्व तयारीका लागि कार्यदलसमेत गठन गरेको छ ।

कार्यदलमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, नेपाल चिकित्सक संघका केन्द्रीय उपाध्यक्ष डा.अनिलविक्रम कार्की, जिल्ला समन्वय समितिका प्रतिनिधि, जिल्लाका ठूला अस्पताल, निजी अस्पताल, उद्योग संघ र उद्योग वाणिज्य सघ, नेपाल पत्रकार महासंघका प्रतिनिधि सदस्य रहेका छन् । कार्यदलको बैठकले १० श्ययाको सघन उपचार कक्ष, १० शय्याको हाई डिपेन्डेन्ट युनिट (एचडियू) र ५० श्ययाको सामान्य शय्या ७२ घण्टाभित्र निर्माण गरिसक्ने निर्णय गरेको छ ।

मङ्गलबार, ०४ चैत, २०७६, रातीको ०९:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर