महिलालाई शीपमुलक तालिम

धरान । सुनसरीको धरानमा महिलालाई आत्मनिर्भर बनाउन धरान–१८ वडा कार्यालयले घरमै बसीबसी कमाउनसक्ने बनाउन शीपमुलक तालिम दिएको छ ।

धरान वडा नं १८ का अध्यक्ष प्रबिण राईले चालु आर्थिक वर्षमा लक्षित वर्गको बजेटबाट धुप र माला बनाउने शीपको तालिम दिएको बताउनुभयो ।

नारी स्वतन्त्र मञ्च धरानले समन्वय गरेको तालिमाम २५ जना महिलाहरूको सहभागिता रहेको थियो । तालिममा पत्रकार तथा घरेलु धुप ब्यवससायी निमा पोङ्स्युवाले घरेलु धुप बनाउने तालिम दिनुभएको थियो भने हिमाली भेगमा पाइने सुनपाती भैरुङपातिबाट बन्ने हाते धुपको परिकार बनाउने तरिका सिकाइएको थियो ।

आफनै गाउँघरमा पाइने स्थानीय धुपलाई प्रयोग गरी घरमै बसीबसी बनाउन सकिने खालको धुप बनाउन सिकाइएको हो । तालिममा चारदाने मोती माला बनाउने तालिम हातेमालो महिला उद्यमी समूहकी अध्यक्ष लिला ढकालले दिनुभयो ।

तालिम समापन कार्यक्रम वडा सदस्य तथा १८ वडाका महिला बालबालिका संयोजक जमुना त्रिखत्री मोक्तानको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। त्रिखत्रीले तालिममा महिलाहरु उत्साहित बनेर सहभागी भएकोमा खुसी व्यक्त गर्नुभयो ।

तालिममा सहभागीमध्ये सीता राईले मोतिमाला हातमा लगाउने बालालगायतको गरगहना बनाउन सिकेको बताउनुभयो । स्वतन्त्र नारी मञ्चका अध्यक्ष बिना पुमाराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चेली समूहकी धरान–१८ अध्यक्ष पूर्णमाया राई, नारी एकता समूहकी सचिव रिता राई लगायतको सहभागिता थियो ।

आइतबार, ०२ चैत, २०७६, बिहानको ०७:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर