पाँच वटा फर्मलाई जरिवाना

विराटनगर । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले ५ वटा फर्महरुलाई जरिवाना गरेको छ ।

शुक्रबार विराटनगरमा आायोजित पत्रकार सम्मेलनबीच संक्षिप्त प्रगति विवरण प्रस्तुत गर्ने क्रममा कार्यालयले यस्तो जानकारी दिएको हो ।

कार्यालयले विराटनगरमै सञ्चालित ५ वटा निजी फर्महरुलाई जरिवाना गरेको जनाएको छ । आर्थिक वर्ष २०७५÷७६ मा वंशल भेराईटी, पाल भेराईटी, न्यु निलकण्ठ वाच र न्यु श्याम ईम्पेक्सलाई ५ हजार रुपैयाँ तथा २०७६÷७७ मा नेशनल सर्जिकेम सप्लायर्सलाई २० हजार रुपैयाँका दरले जरिवाना गरिएको कार्यालयका प्रमुख हिमालय बरालले बताउनुभयो ।

आर्थिक बर्ष २०७५÷०७६ मा १ सय ८२ र ०७६÷०७७ मा ६८ वटा फर्महरु अनुगमन गर्ने क्रममा उपभोक्ता संरक्षण ऐनको उल्लंघन भएको पाईएकाले ती फर्महरुलाई जरिवाना गरिएको जानकारी दिनुभयो । कार्यालयले आर्थिक वर्ष २०७५÷०७६ मा विराटनगर महानगरपालिका, लेटाङ नगरपालिका, केराबारी गाउँपालिका र उर्लाबारी नगरपालिका तथा २०७६÷७७ मा बेलबारी नगरपालिका र विराटनगरमा महानगरपालिकामा उपभोक्ता संरक्षण सम्बन्धि ऐन २०७५ तथा बजार अनुगमन सम्बन्धि अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न गरिसकेको छ ।

यसका साथै चालु आर्थिक बर्षमा दर्ता भएका ६ सय २१ वटा प्राईभेट फर्म, ४२ वटा साझेदारी फर्म र ३० वटा कम्पनी फर्मबाट क्रमशः ४२ लाख ७५ हजार १ सय ५०, ४ लाख ९७ हजार ५ सय र ८ लाख ३३ हजार गरी कुल ५६ लाख ५ हजार बराबरको राजश्व संकलन भएको कार्यालयका प्रमुख बरालको भनाई छ । कर्मचारीको अभाव, अन्तरनिकाय समन्वयको अभाव र सुरक्षाको प्रत्याभुतिकोे अभावको बाबजुद पनि कार्यालयले हरेक क्षेत्रमा प्रचलित कानून कार्यान्वयनमा महत्वपूर्ण भुमिका खेलेको छ ।

आयात निर्यात अन्तराष्ट्रिय व्यापार, अन्तरप्रदेश व्यापार र एक्जीमकोडलगायतका कार्र्यमा सहजिकरणको भूमिका निर्वाह गर्दै आएको वाणिज्य कार्यालयमा हालसम्म भने प्राईभेटतर्फ ३३ हजार ६०, साझेदारीतर्फ ९ सय ८० र कम्पनीतर्फ ४२ वटा फर्महरु दर्ता भईसकेका छन् ।

शुक्रबार, ३० फागुन, २०७६, साँझको ०५:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर