सुत्केरीलाई घरमै स्वास्थ्य सेवा

इटहरी । अन्तराष्ट्रिय श्रमिक महिला दिवश प्रदेशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल सरकारले दिवशलाई उच्च महत्व दिएर राष्ट्रिय बिदा दिदै आएको छ । विराटनगरमा एउटा संस्थाले लेडी रोड रन कार्यक्रम आयोजना गरेर दिवश मनाएको छ । विभिन्न सरकारी र गैह्रसरकारी संस्थाहरुले छलफल गोष्ठि, आदि कार्यक्रम मार्फत महिला श्रमिकहरुको पक्षमा अभिमत जाहेर गरेका छन् ।

यसै क्रममा सुनसरीको इटहरी उपमहानगरपालिकाका उपप्रमुख लक्ष्मी गौतमले भने फरक तरिकाले दिवश मनाउनुभएको छ । औद्योगिक क्षेत्रसमेत रहेको इटहरीका १० जना सुत्केरी महिलालाई भेटेर उहाँले दिवश मनाउनुभयो ।

गौतमले अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले विपन्न परिवार र समुदायका सुत्केरी महिलालाई घरघरमै गएर भेट्नु भएको थियो । उहाँले पौष्टिक खाद्यान्न, आमा र शिशुलाई न्यानो कपडा उपलव्ध गराउनुभएको थियो । स्वास्थ्यकर्मीको टोलीसहित पुग्नु भएकी गौतमले सुत्केरी र शिशुहरुको स्वास्थ्य परीक्षणसमेत गराउनुभएको थियो । त्यस क्रममा सुत्केरी अवस्थामा अपनाउनुपर्ने सावधानीका वारेमा स्वास्थ्यकर्मीहरुले जानकारी गराएका थिए ।

ती सुत्केरी महिलाले आफूहरुलाई श्रमिक महिला दिवसका वारेमा कुनै जानकारी नभएको बताएका थिए । कपडा, खादयान्न र चिकित्सकसहित उमेयर घरमै पुगेपछि उनीहरुले माइतिबाट आमा आएको जस्तो अनुभूति गरेको प्रतिकृया दिएका थिए ।

उपप्रमुख गौतमले इटहरी अस्पतालमा सुत्केरी गराएका महिलाहरुलाई भेटगर्नुभएको थियो । त्यस क्रममा उनीहरुले अस्पतालको सेवाप्रति पनि सन्तुष्टि जनाएका थिए ।

आइतबार, २५ फागुन, २०७६, रातीको ०९:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर