हरियाली वडा बनाउँनेछु

विराटनगर महानगरपालिकामा नेतृत्वमा सम्हालेकामध्ये सबैभन्दा कान्छा वडाअध्यक्ष हुन्, विराटनगर १५ का वडाअध्यक्ष २९ वर्षीय असलम आलम । भारतको सीमानाका छुने महानगरपालिकाको दक्षिणमा रहको वडा साविकको १९ र २१ वटा गाभिएर बनेको हो । पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यलाई प्राथामिकता दिएर वडाको विकासमा लागि परेको बताउने वडाअध्यक्ष आलमसँग गरिएको कुराकानी:

वडाभित्रका विकासको काम कसरी भइरहेको छ ?
– वडाभित्र गल्ली सडक ६२ वटा र ठूला राजमार्गसँग छुने प्रमुख सडक करिब १ं७ वटा छ । यी सडकको निर्माण र स्तरोन्नतीको काम भइरहेको छ । महानगरभित्रका अन्य वडाको तुलनामा यो वडा विकासमा धेरै पछाडी छ । अहिले जनप्रतिनीहरू आएपछि योजनाबद्ध ढंगले काम भइरहेको छ । दक्षिण भेगको कुनै पनि वडामा आरयूडिपीको योजना परेको थिएन । मेरो आफ्नो पहलमा वडामा योजना आएको छ । आरयूडिपीको योजना आएपछि वडाको ३ किलोमिटर नालासहितको सडक पिच भएको छ । वडाको बजेटबाट पनि धेरै सडकहरु पिच भएका छन् । वडाका करिब ७० प्रतिशत सडक पिच भएको छ । अब बाँकी ३० प्रतिशत बाँकी छन् । बाँकी रहेको सडक आगामी दिनमा पिच हुनेछ । स्थानीय जनताले विकासको अनुभूति गर्न थालेका छन् । विगतका दिनहरुमा वडाभित्रको सडक साँघुरो थियो । अहिले फराकिलो बन्ने क्रम पनि सुरु भएको छ ।

जनतासँग गरेका प्रतिबद्धता कति पूरा गर्नुभयो ?
– मैले चुनावको क्रममा गरेको बाचा र घोषणापत्र अनुसार अहिले वडाभित्र काम गर्दै आएको छु । दक्षिण का अन्य वडाको तुलनामा १५ नं. वडा विकासमा अहिले अगाडि छ । वडाभित्रका भौतिक पूर्वाधारहरु दयनीय अवस्थामा थियो, अहिले रुप फेरिएको छ । भौतिक पूर्वाधारसँगै शिक्षा र स्वास्थ्यलाई प्रथामिकतामा राखेर कामहरु भइरहेको छ । अहिले विराटनगर १५ मा बर्थिङ सेन्टर बन्दैछ । सेन्टरको छत ढलाईको क्रममा रहेको छ । अबको केही दिनमा निर्माण पूरा भएर सञ्चालनमा आउनेछ ।

वर्षामा सबैभन्दा बढि डुवान हुने वडालाई डुवानमुक्त बनाउने के काम गर्नुभयो ?
– वडाभित्रको बन्दै गरेको सडकमा फराकिलो नाला निर्माण भएको छ । वडाभित्र जम्मा हुने पानीलाई निकास दिन ९० लाख रुपैयाँको लगानीमा नाला निर्माणको कामहरू भइरहेको छ । जसले गर्दा पानी सहज रूपमा निकास हुनेछ । साइफनको पनि निर्माण भइरहेको छ । रानी साइटमा पानी निकास हुने ढल थियो । त्यहीबाट समान्तर नाला बनाएर वडामा जम्ने पानी निकास हुन्छ । विगतजस्तो यस पटक वडामा डुबान नहुने मैले विश्वास लिएको छु ।

शिक्षाको क्षेत्रमा के काम भइरहेको छ ?
– वडामा दुई वटा सामुदायिक विद्यालय रहेको छ । जनविकास मावि र विद्या विकास आधरभूत विद्यालय । यी दुई वटा विद्यालयको पूर्वाधार विकास र गुणस्तर सुधारमा लागिपरेका छौं । आउँने नयाँ शैक्षिक शत्रदेखि दुबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरू हुनेछ । १ देखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट जनविकास र विद्या विकास आधरभूत विद्यालयमा पढाइ हुन्छ । यसको तयारीमा स्कूलका शिक्षक, अभिभावक र जनप्रतिनधीहरू पनि एकजुट भएर गुणस्तर सुधरामा होमिएका छौं । वडाभित्र तीन वटा मदरसा स्कूल सञ्चालनमा रहेको छ । मदरसाहरूलाई पनि शिक्षाको मुलधारमा ल्याउँने हाम्रो योजना छ ।

आगमी योजना के छन् ?
–वडालाई सुन्दर र हरियाली वडा बनाउन लागिपरेको छु । अहिले वडाभित्र धेरै सडकहरू ड्रेन र स्ल्याबसहितको पिच भएका छन् । साइटहरूमा ‘इन्टरलक’ लगाएको छ । सडकको साइडमा वृक्षारोपण हुनेछ र हरियाली तथा सुन्दर वडा बनाउँनेछु । वडाभित्र बेरोजगारहरू पनि थुप्रै भएकोले विराटनगर १५ वडाभित्र टे«निङ्ग सेन्टर बन्दैछ । वैशाखदेखि टे«निङ्ग सेन्टरमा बेरोजगार भएका युवाहरूलाई टे«निङ्ग दिएर रोजगारको वातवरणको सृजना गरिनेछ ।

वडाबासीलाई केही भन्नुहुन्छ ?
सबैभन्दा पहिला वडामा मैले जिम्मेवारी समालेपछि सेवा प्रभाहलाई चुस्तदुरूस्त बनाएको छु । सेवाग्राहीलाई छिटो र छरितो सेवा प्रदान होस् भनेर लागिपरेको छु । आगमी दिनमा पनि वडाको विकासमा सबैको साथ सहयोग यसरी नै भइरहोस् । आफू युवा पनि भएकोले वडालाई सुन्दर र हरियाली बनाउने मेरो योजना रहेको छ । यसमा सबैको साथ सहयोगको खाँचो छ । यसमा सबैले हातेमालो गरि अगासड बढ्नुपर्छ ।

आइतबार, २५ फागुन, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर