विराटनगर । उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले सामाजिक उत्तरदायित्व अन्र्तगत स्थित एक विद्यालयलाई फर्निचर सहयोग गरेका छन् ।
विराटनगर ६ स्थित आधारभूत विद्यालयलको व्यवस्थापन समितिलाई २० थान डेक्सवेञ्च प्रदान गरेको संगठनले जनाएको छ ।
उद्योगी÷व्यवसायीका अग्रणी संस्थाहरुले संस्थागत सामाजिक उत्तरदायित्व बोध गरी विराटनगर ६ स्थित आधारभुत विद्यालयलाई डेक्सबेन्च उपलब्ध गराएको उद्योग संगठनका अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो । डेक्सबेन्चले शिक्षालयमा अध्ययनरत बालवालिकाको पठनपाठनमा सहज हुने विश्वास लिएको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताउनुसभयो ।
उद्योग संगठन मोरङका अध्यक्ष घिमिरे र व्यापार संघका अध्यक्ष मुन्दडाले दुबै संस्थाका तर्फबाट संयुक्त रुपमा विद्यालयका प्रधानाध्यापक जयन्ती दासलाई डेस्कबेञ्च हस्तान्तरण गर्नुभएको थियो । विद्यालयमा कक्षा ४ सम्म पठानपाठन हुँदै आएको र १२५ विद्यार्थी रहेको प्रअ दासले जानकारी दिनुभयो ।